भतेरमा विभेद गरिएको घटना प्रति मोर्चाको आपत्ति

काठमाण्डौ । व्रतबन्धमा दलितले भान्सा छोएको भन्दै भतेर  घाेप्ट्याइएकाे घटना प्रति श्रमिक समुदाय मोर्चा नेपाल, कास्कीले गम्भीर आपत्ति जनाएको छ । मोर्चा कास्की समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो ।

जिल्ला संयोजक अमृत सीद्वारा हस्ताक्षरित  विज्ञप्तीमा स्थानीय जनप्रतिनिधि कै संलग्नतामा भएको उक्त विभेदपूर्ण घटनालाई अमानवीय ठहर गर्दै निन्दा र भर्त्सना गरिएको छ । फागुन २५ गते माछापुच्छ्रे गाउँपालिका ५- रिभानमा व्रतबन्धको भोजभतेर  दलित र गैरदलितको लागि छुट्टाछुट्टै बनाएको थियो ।

सो भतेरमा दलितले खाना छोइदियो भन्दै  गैरदलितले भतेर घाेप्टयाइएकाे घटना  प्रति गम्भीर आपत्ति  जनाउँदै  मोर्चाले सो विज्ञप्ति जारी गरेको हो । उक्त घटनाको देशव्यापी विरोध भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation