पाल्पामा बस दुर्घटना, एकको मृत्यु १८ गम्भीर घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका, जोरधारामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । घाइते १८ जनाको उद्धार गरिएको कुरा जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनु भएको छ ।

घाइतेहरूको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । बस भीरमा अड्किएको अवस्थामा छ । अन्य यात्रुको उद्धार भइरहेको छ । यात्रु कति थिए भन्ने यकिन भइनसकेको उपरीक्षक थापाले बताउनुभयो ।

बुटवलबाट पाल्पातर्फ गइरहेको गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गबाट खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation