ओलीमाथि आक्रमण प्रयास

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ ।
झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताएका छन् ।

गिरीले भने,‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबारे जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो । कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भयो । शान्ति भंग गराउने काम भयो । ‘

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation