पूर्वगृहमन्त्री बालकृष्ण खाँण घरबाटै पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले नागरिकलाई जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई सोही अनुसन्धानको क्रममा पक्राउ गरिएको बुझिएको छ।  उनलाई प्रहरी परिसर टेकु लगिएको छ । यसबारे थप विवरण आउन बाँकी छ। यस प्रकरणको उनकी श्रीमती तथा सांसद् मन्जु खाँणको नाम पनि मुछिएको छ। यस प्रकरणमा समातिएका गिराेहकाे एक सदस्यले मन्जु खाँणलाइ ६ कराेड बुझाएकाे भनिएकाे अडियाे सार्वजानिक भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation