नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध झापामा मसाल जुलुस

झापा । नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध नेकपाले झापा जिल्लाको विभिन्न स्थानमा आइतबार मसाल जुलुस सम्पन्न गरेको छ । उक्त प्रकरणमा आरोपितलाई उन्मुक्ति दिने चलखेल भइरहेकोमा नेकपाले विरोध स्वरुप  मसाल जुलुस गरेको हो ।

भद्रपुर नगरपालिकाको लेखनाथ चोक, झापा गाउँपालिका, दमक नगरपालिका, गौरादह गाउँपालिका, मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका लगायत स्थानमा जुलुस सम्पन्न गरिएको छ । दमकको कार्यक्रममा  जिल्ला इन्चार्ज प्रसान्त सी र भद्रपुरको कार्यक्रममा जिल्ला सदस्य गोपी सीले विरोध मन्तव्य राख्नु भएको थियो ।

नेकपाको अध्यक्षतामा रहेको समाजवादी देशभक्त मोर्चाले जेठ ६ गते विज्ञप्ती जारी गरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने प्रक्रियामा गम्भीर आशङ्का उत्पन्न भएको बताएको छ।  मोर्चाका अध्यक्ष विप्लव सीद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत उक्त प्रकरण गम्भीर जनघाती र देशघाती भएकोले संलग्नहरुलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग गरिएको छ।

समाजवादी देशभक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपा सहित तीन कम्युनिस्ट पार्टी सम्मीलित छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation