जीप दुर्घटना हुँदा दुइको मृत्यु

कालिकोट । कालिकोटको रास्कोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको देवनाराण योगीको डबल क्याप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

दुर्घटनामा सोही ठाउँका २२ वर्षीय रिता शाही घाइते हुनु भएको छ । उहाँलाई हेलिकोप्टरबाट उद्दारका लागि पहल भइरहेको प्रहरीको भनाई छ ।
दुर्घटनाको कारणवारे अनुसन्धान भइरेहको प्रहरीले बताएको छ । गाडी सडकबाट करिव तीन सय मिटर तल खसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation