समाजवादका लागि एकता आवश्यक –  प्रकाश सी

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश सी. ले नेपालमा वैज्ञानिक समाजवादका लागि एकता आवश्यक भएको बताउनु भएको छ । कैलाली पूर्वी जिल्ला समितिको एकता विशेष बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

पार्टीको निति अनुसार नेतृत्वको बृहत छलफल, बहसपछि एकता सम्भव भएको अहिले हाम्रो विशेष जोड पार्टी एकता र समाजवादी मोर्चा नै रहेको उहाँले बताउनु भयो । समाजवादका लागि छरिएर रहेका सबै शक्तिहरूलाई एक ठाउँमा ल्याउनु अहिलेको अनिवार्य आवश्यकता हो ।

नेपालको अस्थिर राजनीति परिपाटीलाई चिर्दै सहि ट्र्याकमा ल्याउन पार्टीलाई आत्मनिर्भर बनाउका लागि नेता – कार्यकर्ता उत्पादन र श्रममा सहभागी बन्नुपर्छ । सोहीअनुरुप पार्टीले एकीकृत अर्थ निति प्रणाली अवलम्बन गरेको जानकारी दिनुभयो ।

शनिबार जिल्लाको लम्किचुहा नगरपालिका स्थित लम्की-चौराह नजिकै रहेको पार्टी कार्यालयमा बैठक भएको हो । पार्टी केन्द्रीय समितिको बैठकले प्रवाह गरेको एकताको भाव सन्देश जनस्तरसम्म लैजान एकताको विशेष बैंठक राखिएको एक नेताले बताउनु भएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजिविकाको हरेक सवालमा हातेमालो गर्न “नेपाल कम्युनिष्ट पार्टी, सुख – दुःखमा जनताको साथी” भन्ने अभियान पनि अघि सारिएको छ । जसअनुरूप जनआधारित पार्टी, जनआधारित नेता कार्यकर्ता, आफ्नै पौरखमा बाँच्ने उत्पादनमा आत्मनिर्भर पार्टी, श्रममा निर्भर कार्यकर्ता हुनुपर्छ ।

पार्टीले यसको लागि केन्द्रमा सहकारी विभाग र अर्थ प्रणाली कुरा पनि अघि सारेको छ । बैठकको प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य रंगनाथ ढकाल (क. विकल्प सी)  केन्द्रीय सदस्य  असल सी, वैकल्पिक केन्द्रीय सदस्य हिक्मत सी , केन्द्रीय प्रतिनिधि सदस्य टिकाराम सी, लगायतका दर्जनौं जिम्मेवार नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी सेवक सी ले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation