रातो विरुद्ध निलो रङले भ्रम छरेकोले सचेत हुनुपर्ने – सुमनसिंह सी

झापा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी. ले रातो विरुद्ध निलो रङले भ्रम छरेकोले सबै सचेत हुनुपर्ने बताउनु भएको छ । पार्टी निकट अखिल (क्रान्तिकारी) झापा जिल्लाको १६ औं सम्मेलनमा प्रमुख अतिथिको मन्तव्यका क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

क्रान्तिकारी रातो रङ विरुद्ध स्वतन्त्र भनिएकाहरुले साम्राज्यवादको इसारामा निलो रङ अगाडि सारेर षड्यन्त्र गरिरहेकाले परिवर्तनकारी शक्तिहरु एक भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । हरेक परिवर्तनकारी आन्दोलनमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहँदै आएकोले त्यस महिमालाई थप उचाइमा उठाउनका लागि सबैलाई आग्रह समेत उहाँले गर्नुभयो ।

संगठनका केन्द्रीय महासचिव ललित सी. ले वैज्ञानिक शिक्षा प्रणाली र वैज्ञानिक समाजवादी व्यवस्थाका अखिल (क्रान्तिकारी) निरन्तर लडिरहेको बताउनुभयो । परिवर्तनका लागि संगठनको अभियानमा साथ दिनका निम्ति सबैलाई आग्रह समेत उहाँले गर्नुभयो । राजनीतिक एजेन्डाको रुपमा आफुहरू विद्यमान संसदीय व्यवस्था र शैक्षिक एजेन्डाको रुपमा पुरानो काम नलाग्ने प्रणालीमा आफ्नो संगठनको चर्को असमती रहेको भन्दै व्यवस्था र प्रणाली फेर्न आफुहरू अग्रभागमा लड्न तयार रहेको बताउनु भयो ।

नेकपा केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज  प्रसान्त सी. र झापा सेक्रेटरी सञ्जय सी., श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य निशान सी., संगठनका मेची ब्युरो इन्चार्ज विनोद सी, कोशी ब्युरो इन्चार्ज ललिजंग सी, इलाम जिल्ला इन्चार्ज दिनेश सी. लगायतले परिवर्तनकारी आन्दोलनमा साथ दिनका निम्ति सबैलाई आग्रह गर्नुभयो ।

सम्मेलनले २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । अध्यक्ष डिपी सी, उपाध्यक्ष सबिना सी, सचिव आर्यन सी, सहसचिव अंकिता सी, कोषाध्यक्ष नविना सी, कार्यालय सचिव अग्नी सी, सदस्यहरु सबिना सी, सोनिका सी, अनिता सी, समीर सी, पुजन सी,  सुमन सी, मन्दिरा सी, उपमा सी, प्रदिप सी , अरुण सी, लुखी सी, संगीत सी, शैलेस सी, लगायत रहेका छन् ।

कार्यक्रममा युवा जनकलाकार सुजन सी. ले सांगीतिक प्रस्तुति राख्नुभएको थियो ।
सम्मेलनमा उपस्थितलाई आर्यन सी.ले स्वागत मन्तव्य राख्नुभएको थियो । सबिना सी. को अध्यक्षता, डिपी सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation