प्रधानमन्त्री पत्नी दाहालको निधन

 काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

उहाँको आज बिहान करिब साढे ८ बजे निधन भएको जानकारी प्राप्त भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नु भएको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान पर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation