जनयुद्धलाई किन अपराधीकरण गरिदैंछ ? – सुरज सी

१. सम्भावित क्रान्तिलाई रोक्ने साम्राज्यवादको योजना
२.  नेपाली गोयबल्सहरुको उदय
३.  जनयुद्धका केही व्यक्तिहरुको महत्वाकांक्षा र पतन
४. सबैखाले कम्युनिष्टलाई सिध्याउने योजना
५.  बुर्जुवा गणतन्त्रको स्थापना
६. अराजनितिक तत्वहरुको उदय
(यी तत्वहरु नेपालमा भएको महान जनयुद्ध लाई अपराधीकरण गरेर आफ्नो र साम्राज्यवादको स्वार्थ सिद्ध गर्न उद्दत देखिन्छन)

केही अध्यात्मवादी दार्शनिकहरुले युद्धबारे दिएका विचारहरु यसप्रकार छन् :

१. म यहाँ शान्ति खोज्न आएको हुँ भनी नसोच म छोरी बुहारीलाई आमा सासूको विरुद्ध छोरा हरुलाई बाबूको विरुद्ध गराउन आएको हुँ । – बाइबल मत्ती ११ को ३४ मा पुरानो करर

२. आ-आफूले लगाएको कोट बेचेर भएपनि तरबार किन । – जिसस क्राइस्ट

३. म जसलाई अंगालो मारेर गालामा चुम्बन गर्छु त्यही नै जिसस क्राइस्ट हुन् तपाईं उसलाई समातेर क्रुसमा टाँगिदिनु होला । – याहुदा स्क्रीत : जिसस क्राइस्टका विस्वासपात्र रोमि शासकहरुसंग गरेको बार्गेनिङ्ग

४. जसले हलाल मान्दैन त्यो नपाक मानिने छ त्यो स्लाम मानिने छैन बर्षमा एक दिन कुर्बानी गर वा रक्तपात गर । – कुरान सरिफ

५. संसारका स्लामिक धर्मावलम्बीहरुको पवित्र स्थान मानिने साउदी अरेबियाको मदिनामा महमद रसुल्हाको मस्जिद भित्र बम हानेर हजारौ नागरिकको ज्यान गयो त्यस्को आरोप सिया मुसलमानलाई लगाइयो । – सन 2003 मा युद्ध

६. साउदी अरेबियाका नेता ओसामा विन लादेनको अमेरिकाको जुम्ल्याहा टावर को प्रहार स्लामको रक्षाको लागि तरबार उठाउ भन्ने हो ।

७. म सधै विद्रोह गरेर बस्नु भन्दा एकै पटक अन्तिम विद्रोह गर्न चाहन्छु ।  – गौतम बुद्ध शाक्य बंश को आन्तरिक युद्धमा दिएको वचन त्यसपछि गौतम भारत तिर गएर ध्यानमग्न भए

८- धर्मका सबै बाटोहरु बन्द भए युद्धको बाटो खोल्नु पर्दछ । – भागवात  गितामा श्री कृष्णको भनाइ

९- जबसम्म मानिसको टाउको माथि मृत्यु मडारिदैन तबसम्म मानिसले आफू भित्रको तागतलाई चिन्दैन त्यसैले मैले पाण्डवहरुलाई युद्धको मैदानमा प्रशिक्षण गर्ने निर्णय गरे । – भागवात गितामा श्री कृष्णको भनाइ

१०- मैले युद्ध किन हारे भने तिम्रो भाइ तिम्रो पक्षमा थियो र मेरो  भाइ मेरो विपक्षमा थियो – रावण : महाभारतको युद्धमा बोलेको

११- मैले युद्ध मेरो भाइ मेरो पक्षमा भयर र तिम्रो भाइ तिम्रो विपक्षमा भएर जितेको होइन रावण तिमी युद्ध असत्यको लागि लडेका थियौ त्यसैले हार्‍यौ मैले सत्यको पक्षमा लडेको थिए त्यसैले जिते । – राम : महाभारतको युद्धमा बोलेको

अब केही भौतिकवादी र वैज्ञानिक तथ्यहरु
१. बल प्रयोगको सिद्धान्त श्रमजीवीहरुको अनिवार्य सर्त हो । – कार्ल मार्क्स

२. बन्दुकको नालमा टिकेको सत्तालाई बन्दुकको नालबाट सिध्याउनु पर्दछ । – माओत्सेतुङ

३. दीर्घकालीन शान्तिको लागि अल्पकालीन युद्ध अनिवार्य सर्त  हो । – माओत्सेतुङ

४. शुत्रको शक्ति देखेर पहिल्यै हरेस खाने व्यक्ति कहिल्यै युद्ध जित्न सक्दैन, त्यो पहिल्यै हारिसकेको हुन्छ । – नेपोलियन बोर्नपार्ट

५. पहिले शत्रुको शक्ति चिन त्यसपछि आफूलाई चिन त्यसपछिको युद्ध कहिले हारिदैन । – माओत्सेतुङ

६. देश संकटमा परेका बेला शान्तिका कुरा गरेर बस्ने आध्यात्मिक युवा मेरो नजरमा तेस्रोलिङ्गी हुन । – भगत सिंह

७. हुदैन बिहानी मिरमिरे तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपूत मरेर नगए । – कवि भुपी शेरचन

८. मुटुमा शाहस र नशामा रगत भएको मान्छे दास भएर बस्न सक्दैन ऊ युद्ध गर्दछ । –  विप्लप

यहाँनेर के कुरा प्रष्ट छ भने आज समाज सुधारक भन्दै हिड्ने युवाहरु पहिले इतिहासको गहन अध्ययन गर्न जरुरी छ । इतिहासको अध्ययन, वर्तमानको योजना र भविष्यमा कार्यान्वयन भयलेन भने जीवनभरि गरेको काम निरर्थक हुन्छ । माथि तथ्यहरु किन पेश गरिएका हुन् भने आजको विश्व दुई दृष्टिकोणबाट चलेको छ : १. आध्यात्मिक दृष्टिकोण, २ भौतिकवादी दृष्टिकोण ।

उपर्युक्त तथ्यहरुबाट के पुष्टि हुन्छ भने आज सम्मको इतिहास युद्ध कै इतिहास हो । कुन दर्शन, कुन धर्म, कुन सिद्धान्तले युद्ध गर्न रोकेको देखिन्छ त ?  सत्ता प्राप्तिको लागि कुनै न कुनै तरिकाले युद्धमा होमिएको नै देखिन्छ चाहे त्यो आध्यात्मिक होस या भौतिकवादी । त्यो आज को युवा पुस्ताले के जनयुद्ध को विरोध गर्ने हिजो ०५२ सालमा जन्मेको बच्चा आज २८ बर्ष भएको छ । इतिहासको अध्ययनबिना दलाल मिडियाले जे बोली रहेको छ त्यसैमा युवाहरू बहकेको छ । यसले मुलुकलाई अराजक दिशातिर लैजादै छ । त्यसैले दीर्घकालीन शान्तिको लागि अल्पकालीन युद्ध आवश्यक भएको माओत्सेतुङको भनाइ आज पनि सान्दर्भिक छ ।

विश्व साम्राज्यवाद भुमण्डलीकृत रुप ग्रहण गर्दै पृथ्वीका सबै वस्तुलाई आफ्नो सापेक्षमा प्रयोग गर्दै संसारलाई शोषण गर्ने तयारीमा लागेको बेला आजको युवा शक्ति त्यसको प्रभावमा पर्नु भनेको सारा मानव जगतलाई शोषणको भुमरीमा हाल्नको लागि मद्दत गर्नु भन्दा अरु केही हुनै सक्दैन । त्यसैले संसारभरि युद्धले नै शान्ति स्थापना गरेको छ भने महान नेपाली जनता आफ्नो अधिकार सामन्तवादबाट खोस्नको लागि लडेको लडाइँ अपराध हो त ? के समग्र नेपाली जनता अपराधी हुन त ? केही मुठ्ठीभर दलालहरु मात्रै देशभक्त हुन त ? यसको विस्तृत रुप तल प्रस्तुत गरिएको छ :

१.  सम्भावित क्रान्तिलाई रोक्ने साम्राज्यवादको योजना
साम्राज्यवाद यति सम्म निकृष्ट हुन्छ कि उसले कम्युनिष्ट भन्ने जनता त के शब्दसम्म पनि सुन्न चाहन्न । चाहे त्यो संसोधनवादी कम्युनिष्ट होस् या मार्क्सवादी क्रान्तिकारी कम्युनिष्ट होस् । जबसम्म कम्युनिष्टहरुको यो धर्तीमा वर्चस्व रहन्छ आफ्नो अस्तित्व समाप्त हुने खतरा देखेर कुनै न कुनै रुपमा साम्राज्यवाद आक्रमणमा उत्रिरहन्छ । साम्राज्यवादले संसारभरि कम्युनिष्ट नेताहरुलाई कहिँ न कहिँ, कुनै न कुनै रुपमा आक्रमण गरिरह्यो, गरिरहेकोछ, गरिरहनेछ ।

जर्मनमा सिद्देमान,  फ्रान्समा मिलेरा, पेरुमा गोञ्जालो, बोलिभियामा चे ग्वेभेरा, भारतमा चारु मजुम्दर, ज्योति बसु, रुसमा सर्गय किरोब ग्रोभाचोब, नेपालमा मदन भण्डारी कहिँ भैतिक आक्रमण गरी, कहि षडयन्त्र गरी, कहि धोकाधडी, कहिँ जालझेल गरी नेताहरु सिध्याई रह्यो । क्रान्ती रोकिरह्यो, रोक्ने प्रयास गरिरह्यो र आज नेपाल मा नयाँ षड्यन्त्रसंग आएको छ । जनताको महान जनयुद्धलाई न्वारान देखिको तागत लगाएर सफल हुन बाट रोकिरह्यो ।

अहिले आएर महान जनयुद्ध युद्धलाई अपराध साबित गरेर सम्भावित क्रान्तिलाई रोक्ने प्रत्यन गरिरहेको छ । यो यो नाङ्लो ठटाएर हात्ती तर्साउने खेल हो । यो देशका केही कायरहरु त्यो षड्यन्त्र को सिकार भैरहेका छन् । महान नेपाली क्रान्तिकारी जनता अविछिन्न रुपले क्रान्तिमा सहभागी भैरहेका छन् र दलालहरुको मुखुण्डो जुन दिन उदाङ्गो हुन्छ त्यो दिन नेपालमा समाजवाद स्थापना हुन कसैको तागतले रोक्न सक्ने छैन ।

२. नेपाली गोयबल्सहरुको उदय
नेपालमा आजकाल पश्चिमी वायुप्रदुषण बढीरहेको छ जसरी जर्मनमा सन् 1939 अगाडिसम्म जर्मनी नाजी फासिष्ट अडोल्फ हिट्लरले त्यहाँका निहत्था यहुदीहरु माथि बिनाकारण बर्बरतापुर्ण रुपमा हत्या गरी रह्यो र तत्कालीन हिटलरको प्रवक्ता जोसेफ गोयबल्सले के भन्दै जनतालाई भ्रमित पार्‍यो भने “एउटा नाङ्गो झुठलाई मिडियाबाट हजार पटक भने पछि त्यो सच हुन्छ, जनताले बिस्तारै भुल्दै जान्छन्  झुठ कुरा पत्याउन थाल्दछन्”, भनेको थियो ।

त्यस्तै आज नेपालका गोयबल्सहरुले त्यही बाटो अपनाएका छन् । जनताको रगत – पसिनाले लिएको गणतन्त्रको फाइदा उठायर त्यही जनयुद्धलाई अपराधीकरण गर्ने कोसिस गरिरहेका छन र महान जनयुद्धलाई सत्तो सराप गरेर ‘कु’ प्रचार गरेर आफू सत्ताका मालिक बन्ने कोसिस गरिरहेका छन् । जनताको निकट भविष्यमाथि खेलवाड गर्दैछन् । यस्तो हर्कतले विदेशी शक्तिकेन्द्र र घरलु दलालले टाउको उठाउन पाई हेका छन्  । त्यो नेपालको लागि ठुलो विडम्बना हो र महान तथा वीर नेपालीहरुले दलालहरुलाई आफ्नो स्वार्थसिद्ध हुन कुनै पनि हालतमा दिने छैनन र नेपाली गोयबल्सहरुलाई यो देशबाट निकाल्नको लागि महान तथा वीर नेपाली जनता क्रान्तिको मुलप्रवाहमा जुट्नु र समाजवाद अनिवार्य स्थापना गर्नुको विकल्प छैन् ।

३. जनयुद्धका केही अराजक व्यक्तिहरुको महत्वाकांक्षा र पतन
महान जनयुद्ध जनताको साथ लिएर लडेको लडाइँ थियो । केही अराजकतावादी तत्व जनयुद्धलाई बेइमानीपुर्ण ढंगबाट, नियोजित ढंगबाट, पश्चिमाहरुको चक्रव्युहमा परेर बदनाम गर्ने प्रयास गरिरहेका छन् । ती पात्रहरूलाई प्रयोग गरी जनयुद्ध गलत थियो भन्ने  प्रमाणित गराउनको लागि प्रयास गरिरहेका छन् । ती पात्रात्र हरु : राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, लेलिन बिष्ट भन्नेहरु हुन् ।

टोप बहादुर रायमाझी, राम बहादुर थाप बादलहरुले “जनयुद्ध गलत भएकै कारण हामी बहुदलीय जनवादमा लाग्यौं”, भन्नू जस्ता भनाइ पतन नै हो र यस्ता अभिव्यक्तिहरुलाई देशी – विदेशी दलालहरु लाई प्रतिगमनको लागि जनयुद्ध विरुद्ध भ्रम छर्न र निकट भविष्यमा क्रान्ति र समाजवाद विरुद्ध जनतालाई रोक्न निकै मलजल गरिरहेको छ । अर्को लेलिन बिष्ट भन्ने व्यक्तिलाई  अगाडी सारेर जनयुद्ध  बाल बालिकालाई समावेश गराएर  गरिएको अपराध हो भन्ने तरिकाले पेश गर्दैछ । त्यो सब भ्रम  षड्यन्त्र हो । जनयुद्ध मुलुक परिवर्तन गर्नु पर्दछ भनी महिला, पुरुष, विद्यार्थी बालबालिका सबै स्वत:स्फुर्त लडेको लडाइँ हो ।

हामी पनि २०५७ सालमा विद्यार्थी आन्दोलनमा लाग्दा बालक नै थियौं तर त्यो मुलुकको लागि लडिएको लडाइँलाई गलत भन्न सकिदैन्न । यो पनि साम्राज्यवाद को डिजाइन नै हो । आफू लडेर आएको गर्विलो लडाइँलाई अपराध भन्नेले मानसिक सन्तुलन गुमाएको हुनुपर्दछ वा विदेशीको गोटी हुनुपर्दछ । देश परिवर्तनको आन्दोलन चलिरहेको बेलामा साम्राज्यवादी कित्तामा उभिनेहरुलाई लाल गद्दार भन्नुपर्दछ । यस्ता लाल गद्दारहरुलाई नेपाली जनताको तागतले सखाप पार्नेछ । याद रहोस्  रुसी जनताको रगत र पसिनाको बलमा आएको समाजवादी सत्तालाई त्यहाँ पार्टी भित्रैका गद्दारहरुले सडयन्त्र गर्न खोज्दा समाजवादी सत्ता र रुसी जनताको रगत पसिनको रक्षाको लागि आफ्नै साथीहरु माथी स्तालिनले संगीन चलाउनु परेको थियो, यो कुरा गद्दारहरुले याद राख्नु पर्दछ ।

४. सबैखाले कम्युनिष्टहरुलाई सिध्याउने योजना
माथि भनी सकिएकोछ, सन्सारलाई आफ्नो अधिनस्त राखेर सन्सारभरिका जनताको रगत पसिनामा शोषण गर्न चाहने भुमण्डलीकृत साम्राज्यवादलाई माओले भने जस्तै ‘साम्राज्यवाद कागजी बाघ हो, यो कायर हुन्छ र यसले सर्पले जसरी अन्तिमसम्म आफ्नो पुच्छर हल्लाइ रहने गर्छ ।’ यो उसको चरित्र नै हो, त्यसको फलस्वरूप ऊ सन्सार भरिबाट कम्युनिष्ट सिध्याउने र समाजवाद असफल पार्ने जनताहरुमा भ्रम पार्ने कोसिस गरिरहेको छ तर सफल हुन सकिरहेको छैन ।

कम्युनिष्टहरु भुसको आगोसरि सन्सारभर सल्की रहेका छन् । साम्राज्यवादले नेपालमा पनि विभिन्न प्रयास गरी रह्यो । त्यस्को एउटा उदाहरण हो हाम्रो नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्धित गरेर माओवादी र एमाले लाई सत्तामा लगेर दुईवटा कम्युनिस्टहरुलाई लडाईमा उतार्ने तर हाम्रो पार्टीका महासचिव क. विप्लपले यो कुरा बुझेर हामी आफू-आफू लड्नु हुदैन, साम्राज्यवादले योजनाबद्ध ढंगले लडाउदै छ भन्नुभयो र एक पटक नेपाल मा कम्युनिष्टहरुको रक्षा भयो । हाम्रो पार्टीका नेताकार्यकर्ताहरु माथि  दमन, जेलनेल सबै प्रयोग गर्‍यो । महासचिव विप्लवले यो साम्राज्यवादी आतंकको संयमतापूर्वक सामना गर्न सबै पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

केही कम्युनिष्टलाई सत्तामा लगेर केही कम्युनिष्टहरुलाई बाहिरबाट सिध्याउने साम्राज्यवादको योजना फेल भएको थियो । त्यतिबेलाको डबल कम्युनिस्ट पार्टी नितान्त क्रान्तिकारी र एकीकृत जनक्रान्तिलाई दबाउनको लागि भएको एकता हो । टुटफुट राम्रो त होइन तर त्यो डबल नेकपाको फुट क्रान्तिकारी हरुको लागि सुखद रह्यो । नेपालमा नेता बन्ने लहड नै चलिरहेको छ । प्रत्येकरत्येक  मान्छे नेता बन्ने कोसिस गरिरहेको छ तर समाजवादको विरुद्ध आगो ओकाल्न पछि परेका छैनन् । त्यसैले यो काल्पनिक दुनियाँबाट बाहिर निस्केर यथार्थको लडाइँ लड्नुपर्नेछ । क्रान्ति भनेको परिवर्तनको लागि चालिने सचेतपुर्ण कदम हो यसको विरोधको कुनै तुक छैन ।

५. बुर्जुवा गणतन्त्रको स्थापना
नेपालमा २०५२ सालबाट जुन जनयुद्धको थालनी गरियो त्यो दस्ताबेजमा लेखिएको थियो : ‘जनवादी गणतन्त्र स्थापना गर्नको लागि एक पटक हतियार उठाएपछि सर्वहारावादी राज्य सत्ता स्थापना नगरी हतियार बिसाउनु भनेको जनता प्रतिको धोका हुनेछ ।’ जनवादी गणतन्त्र हुँदै समाजवादमा जाने भनिएको थियो । विडम्बना जनवादी गणतन्त्रको ठाँउमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । जनता कानूनविहिन जस्तै छाडा भए । जसले जे बोले पनि हुने, जे गरे पनि हुने जस्तो देश भयो । यसको फाइदा इन्डिया, अमेरिका, युरोपेली मुलुकहरुले भरपुर फाइदा उठाइ रहेका छन् ।

जनयुद्धका प्रमुख एजेन्डाहरु गास, बास, कपास, स्वास्थ्य, शिक्षा रोजगार थिए जब माओवादी शान्तिप्रक्रियामा प्रवेश गर्‍यो तब इन्डिया, अमेरिका र युरोपले आ-आफ्ना नारा बोकेर नेपाल छिरे । दलालहरु समातेर आफ्ना नाराहरु पास गराउन लागि परे । नेपाली । नेपाली दलालहरु पैसा र रङ्गमञ्चमा रनभुल्ल भए । यसको प्रतिफल स्वरुप नयाँ दलालहरुको उदय गराएर आफ्नो स्वार्थ सिद्ध गरिरहेको छ त्यो बुर्जुवा गणतन्त्रको फल हो । गणतन्त्रलाई चिनियाँ मोडेलमा लानु पर्ने हो तर यहाँ भारतीय बिस्तारवाद र आमेरिकी साम्राज्यवादको कुरुप आँखाले जनयुद्ध देखि सहेन र बाबुराम भाट्टराइलाई अगाडि सारेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को नारा पास गराएर देशलाई यो अवस्थामा पुर्‍यायो ।

जनता राज्यको नियन्त्रण भन्दा बाहिर गए । सत्ता, शासन र जनता दलालहरुको हातमा पुग्यो र देशको हालत यो अवस्थामा पुग्यो तर दोष जनयुद्धलाई दिने यो बिषय धेरै गम्भीर कुरा हो । जनयुद्ध लडेको शक्तिलाई यो सह्य हुनेछैन हिजोको दिन मा जनयुद्ध लडेका कमरेडहरुको हातबाट बन्दुक खोसेर खाडी मुलुक पुर्‍याएर महान जनयुद्धलाई अपराधीकरण गरिरहेको छ ।

६. अराजनीतिक तत्वहरुको  उदय
विश्व सञ्चालन राजनितीले गर्दछ । विडम्बना नेपाल आज अराजनितिक तत्वहरुले चलाउने कुचेष्टा गरिरहेका छन् । तिनीहरुलाई सत्तामा पुराउन पश्चिमा शक्ति हरु न्वारानदेखिको बल लगाइरहेका छन् किनभने अराजनितिक व्यक्तिलाई स्वतन्त्रता, स्वाधीनता एवम् देश र जनताको कुनै मतलव हुदैन । जे गरेर, जे बोलेर सस्तो लोकप्रियता कमाइन्छ उतै बग्दछन् ।

अराजनितिक मान्छेहरुलाई सत्तामा ल्याएपछि आफ्नोे स्वार्थसिद्ध चाँडै हुने भो त्यसैले उनीहरुलाई सत्तामा आउनको लागि उचाली रहन्छन् । यसमा वैदेशिक शक्ति र घरेलु दलालको स्वार्थ पूरा हुने भएर जनयुद्धलाई अपराधीकरण नगर्दा सम्म आफ्नो चुलो नबल्ने देखेर जनयुद्धलाई सत्तोसराप गरिरहेका छन् । यस्तो अपराधी चालमा देशभक्त नेपालीले भुमण्डलीकृत साम्राज्यवाद र त्यसका दलालहरुलाई सफल हुन दिने छैनन् केबल जनताले बुझ्न समय लाग्ला ।

निष्कर्ष
सन् 1492 मा कोलम्बसले अमेरिकी देश पत्ता लगाए । सन् 1618 बाट अमेरिका ब्रीटेनको उपनिवेश बन्यो । अमेरिकाले सन् 1775 बाट अमेरिकी स्वतन्त्र सग्रामको  युद्ध चल्यो । सन् 1776 मा अमेरिकी कङ्रेसले अमेरिका स्वतन्त्र भयो भनी संविधान जारी गर्‍यो तर 1783 सम्म ब्रीटेन अमेरिकाको युद्ध चली रह्यो । त्यसपछि फ्रान्समा सन्धी भएपछि बल्ल अमेरिका स्वतन्त्र भएको घोषण भयो । त्यो लडाइँमा लाखौँ अमेरिकी जनताले ज्यान गुमाउनु पर्‍यो र अमेरिका स्वतन्त्र भयको थियो ।

त्यो लडाइँ के माओवादी लडेका थिए त ? कुनै कम्युनिष्ट लडेका थिए त ? ब्रीटेनबाट पीडित अमेरिकी जनता लडेका हुन् त ? अमेरिका मिडियाबाजी गरेर मुक्त भएको हो त ? रगतको खोला बगाएर बनेको अमेरिक्स्स आज कहाँ छ ? आज नेपाली गोयबल्सहरुले  बुझ्न जरुरी छ । हातपाउ जोडेर, घुडा टेकेर न स्वतन्त्रता प्राप्त हुन्छ न  स्वाधीनता । सिर्फ केही दिनको लागि सत्ता प्राप्त हुन्छ त्यसले मुलुक र जनताको भलो गर्दैन् ।  स्वयम् व्यक्तिको लागि पनि प्रतिउपादक हुन्छ । के महाभारतको लडाइ हुँदा कम्युनिष्टहरु थियए त ? ‘जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार / युद्ध हुन्छ’ यो नै प्रकृतिको नियम हो ।

दोस्रो विश्वयुद्ध 1 सेप्टेम्बर 1949 देखि 2 सेप्टेम्बर 1945 सम्म चल्यो । यसमा करिब 5 करोड मानिसले ज्यान गुमाएका थिए । दोस्रो विश्वयुद्धमा जर्मनीले पोल्यान्डमाथि आक्रमण गरेको थियो किन भने पहिलो विश्व युद्धमा जर्मनीलाई अपमान जनक ढंगले सन्धी गराइएको थियो । ‘त्यसैले जहाँ दमन हुन्छ त्यहाँ युद्ध हुन्छ ।’ जापान र चीनको युद्ध, फ्रान्स र जर्मनको युद्ध, जर्मन र अष्ट्रीयाको युद्ध, जर्मन र पोल्यान्डको युद्ध, भारत र चीन को युद्ध, नेपाल र चीनको युद्ध, वीर बलभद्र कुवरहरुको अग्रेज विरुद्ध को युद्ध, अहिले रुस र युक्रेनको युद्ध  तमाम सबुत/प्रमाणहरुले के बोलिरहेका छन्  भने मुलुकको स्वधीनता र जनताको स्वतन्त्रता नक्साको खेस्रा अफिसमा झुण्ड्याएर, घाँटीमा राष्ट्रिय झन्डा भिरेर कुनै हालतमा देशको मुक्ति हुन सक्दैन ।  सन्सारका प्रत्येक देश उपनिवेश बनाउने देशको विरुद्ध महानतासंग लडेर मुक्त भएका छन् । त्यसैले युद्ध मानव इतिहासको अपरिहार्य संघर्ष हो ।  कायर र विदेशी दलालहरुबाट हुने महान जनयुद्ध को विरोधको कुनै तुक छैन । हामी त्यसको प्रतिवादको लागि सदैव तयार हुनुपर्छ र छौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation