स्थानीयको जग्गा अध्यक्षले नै खाइदिए, सतार समुदायलाई बनाए घरजग्गा बिहिन

झापा । हल्दीबारी गाउँपालिका वडा न २ का पूर्व अध्यक्ष मोहनचन्द्र रेग्मीले आफू अध्यक्ष रहँदा वडाबासीका घरजग्गा खाइदिएका छन् । वडाको बाङ्गेबजार (लस्कर) स्थित सतार समुदायका ३ दाजुबहिनीको नाममा रहेको १९.१५ कठ्ठा खेत किर्ते कागजात तयार गरी रेग्मीले आफ्नो र स्थानीय लालमोहन किस्कुको नाममा संयुक्त नामसारी गरेका हुन् ।

स्थानीय महिला छितो किस्कुको नाममा रहेको ११.१० कठ्ठा मध्येबाट ५.१५ कठ्ठा , उनकी दिदि सुरजमुनी किस्कुको नाममा रहेको १४ कठ्ठा मध्येबाट ७ कठ्ठा र दाजु गोपीश्वर किस्कुको नाममा रहेको १४ कठ्ठा मध्येबाट ७ कठ्ठा गरी जम्मा १९.१५ कठ्ठा रेग्मीले हत्याएका हुन् । रेग्मीले स्थानीयबासी मोहन मुर्मुलाई नक्कली मोही खडा गरी काजगात मिलाएको कुरा स्थानीय बम बहादुर बनले बताए ।

जग्गावालाहरुलाई थाहै नदिई मालपोत कर्मचारीहरुसंग मिलेमतो गरी उक्त जग्गा आफ्नो नाममा बनाइसकेपछी २०७७ सालमा वडा अध्यक्षले किस्कु परिवारलाई जग्गा छोड्न निर्देशन दिएका थिए । जग्गा छोड्न नमानेपछि एमाले निकट रेग्मीले गुण्डा लगाएर जग्गावालाहरुलाई कुटपिट समेत गरेको कुरा नेकपाका स्थानीय नेता चमनलाल माझीले बताउनुभयो ।

एमालेका कार्यकर्ता सुनिल मेचेले जग्गा फिर्ता गराइदिने आश्वासन दिंदै छितो किस्कुको नाममा रहेको ५.१५ कठ्ठा जग्गा र ५४ हजार नगद समेत खाइदिएका छन् । पीडित किस्कुले यो कुरा बाहिर ल्याएपछि मेचेले पीडितहरुलाई ज्यान मार्ने धम्की दिंदै आएको कुरा पीडितहरुले बताए ।

झापा जिल्ला मालपोत लेखापढी व्यवसायी बेनु लावतीले कागजात मिलाइदिने आश्वासन दिंदै १ लाख नगद खाइदिएको कुरा पीडितहरुले बताए । त्यसैगरी स्थानीय नारायण राजवंशी बरइले मुद्दामा सहयोग गरिदिने भन्दै धेरैवटा खसी, बोका, चामल लैजाने गरेको तर कुनै सहयोग नगरेको कुरा पीडितहरुले बताए ।

उक्त किर्ते कार्यमा गाउँदेखि  जिल्लासम्म एमाले निकटका नेताकार्यकर्ताको मिलेमतो रहेको कुरा स्थानीयबासीले बताए । भूमिसुधार तथा मालपोत कार्यालय, झापाका प्रमुख मालपोत अधिकृत जनार्दन भट्टराईबाट २०७५ साल फागुन २८ गते उक्त जग्गाको बाँडफाँड विषयमा फैसला गरिएको छ ।

पीडितलाई न्याय दिलाउनका निम्ति स्थानीय स्तरमा विप्लव नेतृत्वको नेकपा र नेकपा (माओवादी केन्द्र) लगायत राजनीतिक पार्टीहरुले संयुक्त रूपमा पहल गरिरहेको कुरा माओवादीका स्थानीय नेता तथा पूर्व जनप्रतिनिधि खगेन राजवंशीले बताउनुभयो । अहिले उक्त जग्गामा पीडित किस्कु परिवारले नै धान रोप्नका निम्ति काम गरिरहेकोमा शुक्रबार प्रहरीद्वारा काम रोकिएको 

पीडितले जिल्ला अदालत र पुनरावेदन अदालतबाट मुद्दा हारेको अवस्था छ । रेग्मीले स्थानीय सतार समुदाय कै केही व्यक्तिहरुलाई आफ्नो मातहतमा लिएर उक्त किर्ते कार्य गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation