राजनीति भनेको बौद्धिक चेतनाको विकास गर्ने बिषय – कृति सी

राजनीति भनेको बौद्धिक चेतनाको विकास गर्ने बिषय भएको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य कृति सी.ले बताउनुभएको छ ।

 

 

शनिबार श्रमिक समुदाय मोर्चा नेपाल भक्तपुरको जिल्ला भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै, राजनीति भनेको बौद्धिक चेतनाको विकास गर्ने बिषय हो । राजनीतिक चेतना भएन भने हाम्रो समाज कताबाट चल्दैछ, कसरी चल्दैछ, भन्ने कुराको जानकारी नै हुदैन र नबुझेकोलाई जता घुमाउन पनि मिल्ने भयो, यस्तै हुल अहिले रवि लामिछानेको पार्टीमा देखा परेको उहाँले बताउनुभयो ।

कौशालटारस्थित नेकपा भक्तपुर कार्यालयमा आयोजित  भेलामा शुभकामना मन्तव्य राख्दै “पछिल्लो समय राजनीति फोहोरी खेल हो भन्नेहरु नै राजनीति मा आएका छन् । टेलिभिजनबाट राजनीतिक पार्टी र नेतृत्व लाई सराप्ने रवि लामिछाने आज किन राजनीतिमा आए त ? यो साम्राज्यवादको नयाँ तरिका हो । यसले श्रमजीवी वर्गलाई राजनीतिबाट टाढा बनाउने र आफू राजनीतिमा आउने” उहाँले बताउनुभयो ।

 

यसैगरी नेपाली समाजको विकासक्रमसंगै समाजमा विभिन्न श्रमको जन्म भयो । त्यही श्रमको आधारमा जातको विभाजन भयो, त्यसको कारण आज श्रमिक वर्ग अथवा श्रमिक समुदायले पीडा खेप्नुपरेको उहाँको भनाइ छ ।

जसले श्रम गरेर औजार निर्माण गर्‍यो र सिङ्गो समाज विकास गर्न अहम् भुमिका खेल्यो, त्यही समुदायलाई आज सबैभन्दा तल्लो भनेर जुन समुदायले दमन गरिरहेको छ,तिनीहरुको विरुद्धमा  लड्न र आफ्नो अधिकार प्राप्त गर्न एउटा संगठनको आवश्यक पर्‍यो सोही अनुसार श्रमिक समुदाय मोर्चाको गठन भएको उहाँको भनाइ छ ।

 

नेपालका अरु राजनीतिक दलहरूले विभिन्न नाम रखेका छ्न तर  यो समुदाय  श्रम गरेर बाँच्ने भएको हुनाले यसलाई श्रमिक समुदाय भन्नू पर्छ भनि नेकपाले मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमार्फत श्रमिक समुदाय नामकरण गरेको जानकारी गराउनु भएको हो ।

 

मागेर पाइने भनेको त राहत अथवा सहयोग मात्रै हो, अधिकार त खोसेर लिनुपर्छ । श्रम गरेर समाज विकास गर्ने समुदाय मात्र नभई यो एउटा वर्ग पनि हो । यस समुदायलाई सम्मान गर्नुको सट्टा उल्टै सामाजिक विभेद गर्ने, हेप्ने जस्ता प्रवृत्तिले माथि  उठ्न नदिने जुन समस्या छ, यसको अन्त्य गर्न हामी संगठित हुन र संघर्ष गर्न आवश्यक रहेको भन्दै संगठनमा लाग्न सबैलाई अपिल समेत गर्नु भएको छ ।

यो राज्यव्यवस्था सिमित व्यक्तिले लुटिखाने व्यवस्था हो । यसबाट बहुसंख्यक उत्पीडन मै छन, त्यसमध्ये पनि श्रमिक समुदाय नै बढी उत्पीडन परेको भन्दै जब सम्म नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था आउदैन तबसम्म उत्पीडित समुदाय र श्रमजीवी वर्गको मुक्ति सम्भावना नरहेको समेत उहाँले दाबी गर्नुभएको छ ।

 

त्यसैगरी  शुभकामना मन्तव्य क्रममा नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सी.ले श्रमिक समुदाय भनेको राष्ट्रियता र परिवर्तनको लागि ठुलो योगदान पुर्‍याउँदै आएको समुदाय हो तर अहिलेसम्म पनि आत्मसम्मानका साथ समाजमा  बस्ने अवस्था छैन । क्रान्तिबाट नै अधिकार प्राप्त हुने भएकाले यसको लागि एकपटक सिङ्गो श्रमिक समुदायले संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

मोर्चाका उपत्यका ब्यूरो संयोजक सुरज सी.ले  हाम्रो समुदायको लागि अरु कसैले  नभई हामी आफैंले एकताबद्ध भई लड्नुपर्ने भन्दै महत्त्वपूर्ण प्रशिक्षण सहितको शुभकामना मन्तव्य राख्नुभयो । त्यसैगरी मोर्चा केन्द्रीय कार्यालय सचिव कन्चन सी.ले प्यानल प्रस्तुत गर्नुभयो । भेलाले भाइराजा सी.को अध्यक्षतामा ११ जनाको जिल्ला समिति  निर्वाचित गरेको छ । नव-निर्वाचित समितिलाई नेकपा केन्द्रीय प्रतिनिधि सदस्य हेमन्त सी, अनेम संघ क्रान्तिकारी केन्द्रीय सदस्य बिन्दु सी. र भक्तपुर जिल्ला सचिव देव सी.ले बधाई दिनुभयो ।
मान बहादुर सतशंखरको सञ्चालन र दिनेश सी.को अध्यक्षतामा भेला सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation