एनआइसी एसिया बैंङ्कको कर्तुत: खाता खोल्न लगाई ग्राहकको खातामा २१ लाख ॠण

सुर्खेत । एनआईसी एसिया बैङ्क सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाईएको छ ।
दुई जना सर्वसाधारण नागरिकको नाममा जबर्जस्त खाता खोल्न लगाई ऋण नै नलिएको बेला २० लाख ९० हजारको ऋण ग्राहक खातामा देखाएको हो ।


बैङ्ककमा खाता खोलेपछि बैङ्कले तपाईहरुलाई  पैसा हालिदिन्छ खाता खोल्नुहोस भन्ने प्रलोभन देखाएपछि  सुर्खेतका अमर चौधरी र गणेश थारुले बैङ्कमा खाता खोल्न बाध्य हुनु भएको थियो । तर उनीहरुले खाता खोलेको तीन महिना पछि भने अमरको खातामा ९ लाख ५० हजार र गणेशको खातामा ११ लाख ४० हजार रुपैया ऋण निकालिएको देखाईएको  छ ।

ग्राहकहरुलाई भ्रममा पार्दै उनीहरुको सम्पत्ति हत्याउने भित्रि उद्देश्य राखेको बैङ्कले  आफ्नो कालो कर्तुत सुर्खेती सर्वसाधरण जनतामा प्रयोग गरेको खुलासा भएको हो ।
बैङ्कले दिपक रोकायाको एनआईसी एसिया बैङ्कमा रेहेको १ करोड १० लाख ८ हजार ४ सय ८५ रुपैयाको ऋणलाई सर्वसाधारण अमर र गणेशको नाममा ट्रान्सफर गरिएको देखिन्छ ।

बैङ्कले एकाएक पीडित अमर र गणेशलाई खाता खोल्न लगाएर किन यस्तो गर्यो ?  रोकायाको समेत यस प्रकरणमा मिलिमतो छ या छैन वा बैङ्कको मात्र षड्यन्त्र हो ? त्यो भने अझै रहस्यमय छ ।
तर घटनाको प्रकृति अनुसार यो प्रकरण रोकाया र बैङ्कका कर्मचारीहरु मिलेर सर्वसाधारणलाई फसाएको सहजै अनुमान गर्न सकिन्छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अमर र वीरेन्द्रनगर नगरपालिका वडा नं २ का  गणेशलाई एनआईसी एशिया बैंङ्क  एरिचोक शाखाले खाता खोल्न लगाएको थियो ।
बैङ्कले खाता खोल्नु अघि उनीहरु दुवै जनाहरुबाट  श्रीमती र उनेरहरुको नागरिकताको फोटोकपी लिएको थियो ।
पीडित अमरले एक्कासी बैङ्कले फोटो नागरिकताको फोटोकपी मागी खाता खोलेर हस्ताक्षर गरिएको चेक लिएर आफू माथि ठगी गरेको गुनासो गरेका छन् ।
उनले भन्नु भने “खाता खोलेको  केही दिनपछि साँझ ६ः३० बजे बैंङ्कमा परिवार सहित बोलाईयो र एक्कासी हस्ताक्षर  गर्न लगाईयो । कागजातमा के लेखिएको थियो आफूलाई पढ्ने अवसर नै नदिएर हस्ताक्षर गर्न र ओैंठा छाप गर्न लगाईयो ।  सबै प्रकृया पूरा भईसके पछि मेरो नाममा चेक निकालियो ।  २/३ वटा चेकमा पनि  हस्ताक्षर गर्न लगाईयो ।  हस्ताक्षर गरेको चेक पनि नाम थाहा नभएकी महिला कर्मचारीले बैंङ्कमा नै राखिन ।  कुरा गर्न खोज्दा कुरा गर्ने समय छैन । तपाईंको प्रकृया पूरा गर्नुपर्ने भएकाले हो ।  तपाईंले जे भन्यो त्यही मात्र काम  गर्नुहोस् भनी जवाफ दिएकी थिईन ।”
पीडित अमरले खाता खोलेको तीन महिनापछि  किस्ता भर्नुपर्‍यो भन्दै बैङ्कबाट फोन आएपछि आफु आश्चर्यचकित परेको बताए ।
उनले आफुले बैङ्कबाट कुनै ऋण नै निकालेको छैन के को किस्ता तिर्ने होला ? भनेर बैङ्कलाई प्रश्न गरेको बताए ।
उनले भने  “ बैङ्क कर्मचारीले  तपाईको नाममा ९ लाख ५० हजारको ऋण छ भने ।”
पीडित अमरले  ऋण  भनेको के हो ? थाहा छैन मेरो नाममा ऋण कसरी आयो ? भनेर फेरि प्रश्न गर्दा उत्तरमा धेरै कुरा नगर्नुहोस भनेर भनेको गुनासो गरे ।
उनले भने “बैङ्कबाट तपाईंको नाममा ऋण देखिएको छ  समयमा किस्ता भर्नु भएन भने तपाईंको घर जग्गा लिलाम हुन्छ । तपाईंले समयमा नै किस्ता भर्नु भनी फोन राखिदियो ।”
पीडित अमरले बैङ्कमा आएर हेर्दा  आफुले खाता मात्र खोलेको तर आफ्नो खातामा ९ लाख ५० हजारको ऋण देखिपछि ठगिएको पत्ता पाए । तर पनि बैङ्कको पेलानले उनले  पहिलो किस्ता ७ हजार पाँच सय र त्यसपछि १ लाख ५० हजार तिर्न बाध्य भए ।
उनले भने  “घर नै लिलाम हुन्छ भने पछि डरले  आफुले एक पटक ७५०० जम्मा गरे । फेरि घरमा  चिठ्ठी सहित मान्छे आए चिठ्ठी पुर्‍याउने मान्छेले छिटो किस्ता भर्नुहोस् । नभए तपाईंको घर लिलाम हुन्छ भन्दा डरले १ लाख ५० हजार पनि जम्मा गर्न बाध्य भए ।”
नलिएको ऋणको पीरले उनको घर परिवार तनावमा छ ।  अहिले उनको अर्काे बैंकमा रहेको खाता समेत ब्लक छ । पेन्सन आएको पैसा पनि निकाल्न नसक्दा नत घर खर्च चलाउन सकिएको छ नत  बैङ्कको कालो कुर्तुतको तनावले परिवार मुक्त भएको छ ।
यस्तै एनआईसी एशिया बैङ्कले यस्तै कर्तुत अर्का गणेश थारु माथि पनि गरेको छ । गणेश थारुबाट नागरिकताको फोटोकपि, फोटो माग्यो । त्यसको केही दिनपछि उनलाई पनि बैंकमा बोलाईयो ।
पीडित गणेशले भने “बैङ्कमा कागजात तयार थिए । बैंक बन्द भएकाले वेसमेन्टको ढोका प्रयोग गरी बैङ्कभित्र बोलाईयो । सम्पूर्ण कागजातमा हस्ताक्षर गर्न लगाईयो । आफूले हस्ताक्षर गरेपछि  श्रीमतीले पनि हस्ताक्षर गरिन ।”
गणेशले  श्रीमती नआएको र आफू मात्रै एक्लै आएको भन्दा तपाई बोलाउनु हुन्छ कि हामी ल्याउन घरमै जाउँ भनेर भनेको समेत बताए ।
उनले बैङ्कका नाम नचिनेका अपरिचित कर्मचारीले त्यसो भनेको बताए । पीडित गणेशले भने  “त्यसपछि आफु बोलाउछु भने फोन गरेर बोलाए । बीच बाटोसम्म ल्याउन आफू गएर ल्याए । श्रीमतीले पनि हस्ताक्षर गरिन र  ल्याप्चे लगाईन ।  मलाई चेकमा पनि हस्ताक्षर गर्न भनियो । मेरो नामको चेकमा हस्ताक्षेर गर्न वाध्य भए ।  ३/४ वटा चेक बैङ्क कर्मचारिले नै राखे बचेको चेक आफुलाई दिए ।”
दुई तीन महिना पछि बैङ्कबाट किस्ता भर्नुपर्‍यो भन्दै फोन आयो गणेशले भने । उनले पनि पीडित अमर जस्तै  प्रश्न गर्दै भने  केको किस्ता तिर्ने  हो ? जब कि मैले वैङ्कवाट ऋण नै लिएको छैन भने । तर उनलाई  बैंङ्कबाट ११ खाल ४० हजारको  कर्जा तपाईको नाममा लिएको छ भनी जवाफ आयो ।
उनले  एक जना दाई  (दिपक रोकाया) ले बैङ्कबाट पैसा आउँछ । खाता खोल भन्दा  मैले खाता मात्रै खोलेको हो । ऋण त मैले लिएको छैन भनेर भने ।
पीडित गणेश बैङ्कमा नै गएर हेर्दा ११ लाख ४० हजारको ऋण लिएको  देखियो । आफुले लिदै नदिएको कर्जा देखिदा आत्तिए ।

पीडितहरु न्याय खोज्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकहाँ पुगेका छन् । पार्टीले पीडित, दीपक रोकाया र बैंङ्क प्रतिनिधिबीच छलफल गराएको छ । बैंङ्कले उक्त बिषय केन्द्रीय कार्यालयमा पठाउने बताएको छ । जनपत्रकार संगठन नेपालले यस विषयमा सत्यतथ्य अध्ययन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation