मोर्चाले प्रदेश स्तरीय सभा आयोजना गर्ने

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय, आलोकनगर – काठमाडौंमा बैठक सम्पन्न भएको छ ।

बैठकमा मुख्यगरी ३ वटा विषयमा छलफल र निर्णय भएको बताइएको छ । समसामयिक राजनैतिक अवस्था र समाजवादी मोर्चाको प्रभावकारीता , प्रदेश स्तरीय सन्देश सभा र सचिवालयका निर्णय अनुमोदन गर्ने बारे बैठकमा छलफल र निर्णय भएको हो ।

प्रदेश स्तरीय सन्देश सभा भाद्र ८ गते – विरगञ्ज, १२ गते – बुटवल, १३ गते – धनगढी, १४ गते – सुर्खेत, १५ गते – पोखरा, २३ गते – हेटौंडा र २५ गते – विराटनगरमा आयोजना गर्ने जानकारी प्राप्त भएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र  जनता समाजवादी पार्टी आबद्ध छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation