नेकपा लमजुङको बैठक सम्पन्न, एमसिसी विरुद्ध सशक्त संघर्ष गर्ने

लमजुङ । नेकपा, लम्जुङ जिल्ला समितिको छैठौं पुर्ण बैठक आज सम्पन भएको छ । केन्द्रीय कार्यक्रमलाई निसंकोच अघि बढाउन र उत्पादनका कामलाई पनी निरन्तर रुपमा अघि बढाउने योजना गर्नका लागि उक्त बैठक गरिएको हो ।

९औं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले एमसिसी राष्ट्रघाती रहेको र सच्याउनु पर्ने १२ वटा बुदाँ नसच्याई सर्त साथ नेपाललाई सैन्य अखडा बनाएर छिमेकी राष्ट्र भारत र चिन विरुद्ध चाल चल्ने निष्कर्ष निकालेको छ । पार्टी महासचिव विप्लव सी.ले, “हामी आफै सक्षम छौं, अनुदान लिनु पर्दैन त्यसमाथि पनि सर्त सहितको अनुदानले देशमा प्रगति नभई अनियमितता र द्वन्द मात्र निम्त्याउने गर्छ भन्दै शसक्त कार्यक्रमहरु अगाडी बढाउनुपर्छ” भन्ने  कुरालाई जिल्ला बैठकमा सबिस्तार स्पष्ट गरिएको छ ।

नेकपाको हालै बसेको केन्द्रीय बैठकले ठोस गरे अनुसार एमसिसि विरुद्ध सशक्त संघर्ष अगाडि बढाउने जसअन्तर्गत वाल पेन्टीङ ,पुत्ला दहन, जनप्रदर्शन, अन्तरक्रीया, जनजागरण कार्यक्रमको घोषणा गरेको छ ।

बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय पोलिट ब्युरो सदस्य एवम्  पूर्वी गण्डक इन्चार्ज आदर्श सी.ले मन्तब्य राख्दै “पार्टी दुरुस्त रुपमा अगाडी जाने भएकाले नेताकार्यकर्ता पनि उत्तिकै सक्रिय रहनुपर्ने र सबैखाले राष्ट्रहित विपरीतका  योजनाहरुको विरोध गर्नुपर्ने” बताउनु भयो ।

बैठकमा नेकपा लम्जुङका ईन्चार्ज गौरव सी, सेक्रेटरी रविन्द्र सी लगाएतका जिल्ला समिति सदस्यहरुको उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation