कमैयालाई मुक्ति गर्ने आश, सरकारले संधै बनायो दास

कैलाली । नेकपाका कैलाली जिल्ला सचिवालय सदस्य पुर्णबहादुर सी.ले कमैयाको मुक्ति गर्ने आश देखाएर सरकारले थारुहरुलाई  जीवनभर दास बनाएको जिकिर गर्नुभएको छ । भुतपुर्व कमैया तथा भुतपुर्व कर्मचारी संगठनको १६औ वार्षिक उत्सवको अवसरमा मन्तव्य दिंदै उहाँले सो कुरा बताउनु भएको हो ।
पञ्चायत कालदेखि नै पीडित भएका भुपु कर्मचारी तथा भुपु कमैयाहरु हकहित र अधिकार प्राप्तिको लागि २०२८ सालबाट टिकापुर विकास समिति गठन गठन भएको हो ।  गठन गरेर टिकापुरका भुपु कमैया तथा कर्मचारीहरुलाई भुमि प्राप्तिको आश देखाइ पटकपटक गरी नियुक्ति पाएका कर्मचारी र भुमि कै आश देखाइ थारु समुदायलाई भैसवार  बुक्रहिको नाममा कमैया बनाइएका समुदायको भुपु कर्मचारी तथा भुपु कमैया  समाजलाई तत्कालीन राज्यले पिडित बनाएको बनाएको उहाँको भनाइ छ ।
कमैयाको मुक्ति गरेर जिवनभर सरकारले भुमिको आश देखाई १८ बर्ष  दास बनाएको छ ।वास्तविक भुपु  कमैया तथा भुपु कर्मचारी सुकुम्बासीलाई छानबिन गरी निशुल्क भुमिको व्यवस्था संगै उचित क्षतिपूर्तिका लागि सरकारले ध्यान नपुर्‍याएकोमा भुपु कमैया र भुपु कर्मचारीहरु जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने अवस्था सरकारले सिर्जना गरेको उहाँले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation