नेकपा अछामले MCC सम्झौता विरुद्ध सङ्घर्ष गर्ने

अछाम। नेकप अछामले राष्ट्रघाती MCC सम्झौता लगायतका राष्ट्रघात, जनघात, भ्रष्टचार र दलाली विरुद्ध सङ्घर्ष गर्ने भएको छ । शनिबार मंगलसेनमा सकिएको नेकपा अछामको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला सेक्रेटरी चट्टान सी.को अध्यक्षतामा सम्पन्न बैठकले गरेका निर्णयहरु प्रेस विज्ञप्ती मार्फत् सार्वजानिक गरिएको छ ।

“हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी पुर्वी अछाम जिल्लाको ऐतिहासिक तेस्रो बैठक जिल्ला सचिव कमरेड चट्टान सीको अध्यक्षता तथा पार्टी सेती व्यूरो इन्चार्ज क. भगतसिंह सी को प्रमुख आतिथ्यता, जिल्ला ईन्चार्ज क. मिना सी र सेती व्यूरो कार्यालय सचिव क. निरक सी को आतिथ्यमा बैठक बसी महत्वपुर्ण निर्णय लिइएको छ । जुन निर्णयहरुलाई सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।” निर्णयहरु

*जनतासंग पार्टी विशेष अभियान सञ्चालन गर्ने,  विकास निमार्णमा भइरहेका अनियमितता, ढिलासुस्ती र लापरवाही विरुद्ध खबरदारी पुर्ण सर्घष गर्ने,

*विशेष गरी राष्ट्रघाती M.C.C. सम्झौता लगायतका राष्ट्रघात, जनघात, भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जनजागृत गर्न भित्तेलेखन, विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम चलाउने,

* पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै एक कमिटि एक उत्पादनको नितिलाई कडाई पुर्वक कार्यनव्यन गर्ने / गराउने,

* विविध कारणहरु देखाई हालसम्म पनि गाउँ तथा नगरसभा गर्न नसकेका स्थानिय सरकार प्रमुखलाई आवश्यक संघर्षका रुपअनुरूप दबाव सिर्जना गरी जनताको चित्त बुझ्दो जवाफ मागी स्पष्टिकरण लिने,

* विद्यमान समाजमा जरागाडेर रहेका सामाजिक तथा जातिय विभेद, धार्मीक अन्धविश्वास, रुढीवाद, लैङ्गिक असमानता, विविध कारणवश हुने जघन्य अपराध र विकृति विसंगतीहरुको विरुद्ध सशक्त संघर्ष गर्ने,

* शैक्षिक तथा स्वास्थ्य जस्ता अति संवेदनशिल क्षेत्र भित्र भइरहेको दलाली, महगी व्यापक ब्रहमलुट र मनोगत निर्णयका विरुद्ध जन संघर्ष तथा खवरदारी गर्ने,

* विभिन्न संघ संस्था तथा वित्तिय माफियाहरुले सेवा शुल्कको नाममा आम सर्वसाधारण जनताबाट लिने चर्को आर्थिक शोषणका विरुद्धको संघर्षलाई थप निरन्तरता दिने,

* आफुभित्र सिप, क्षमता र योग्यता भएर पनि सस्तो श्रममुल्यमा दैनिक विदेशीन बाध्य यूवाहरुलाई स्वदेशमै रोजगारीको बातावरण तयार गर्न स्थानिय सरकार र सम्बन्धित सरोकारवालाहरुलाई जन दवाव सृजना गर्ने,

* राष्ट्रिय स्वाधिनता र जनजिवीकाका विषयमा देशभक्तीपुर्ण तथा जनपक्षीय आन्दोलन गरी त्यसमा जनतालाई गोलबद्ध गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation