दुईवटै मिर्गौला फेल भएपछि प्रत्यारोपणका लागि मोहराले गरे सहयोगको अपील

काठमाडौं । मिक्लाजुङ्ग गाउँपालिका (मोरङ) वडा न ८ निवासी  जितेन्द्र मोहरा (क.महावीर) ले  उपचारमा आर्थिक सकस भएको भन्दै सहयोगका लागि अपील गर्नु भएको छ । विगत तिन वर्षदेखि दुबै मिर्गौला (Kidney) काम नलाग्ने गरी निष्क्रिय (Failure) भएपछि हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँमा उपचार गराउँदै आउनु भएका मोहराले आफ्नो पारिवारिक जायजेथा सबै उपचारमा सकिएको भन्दै  सहयोगको अपील गर्नु भएको हो ।

“आफुसङ्ग जे जति थियो, त्यो अब सबै सकियो तर उपचार बाँकी नै छ , अब केहि गर्न सक्ने अवस्था छैन” मोहराले भन्नुभयो -”  मिर्गौला प्रत्यारोपणका लागि लाखौं पैसा आवश्यक भएकोले पैसा जुटाउन सकेको छैन, देशविदेशमा रहेका नेपालीहरुको सानो सहयोगले मैले जीवन पाउने आशा गरेको छु।”
जनयुद्धकालदेखि जनमुक्ति सेनाको जिम्मेवारी सम्हाल्दै  शान्ति प्रक्रियामा आएपछि  नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला सचिवको जिम्मेवारी निर्वाह गरिसकेका मोहरा हाल श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएको छ ।

उपचारको सिलसिलामा काठमाडौमा रहनु भएका मोहराले आफुलाई उपचार गर्न चाहनेहरुका लागि एनएमबी बैंकमा आफ्नो श्रीमती  साबित्रा पोख्रेलको नाममा रहेको बैंक हिसाब नम्बर 1430210227100018 मा सहयोग रकम जम्मा गर्न सकिने वा  सम्पर्क नम्बर 9844423995/ 9860925338 मा समेत सम्पर्क गर्न सकिने जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation