कमरेड विपिनलाई पितृशोक, मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समिति सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला समिति सदस्य राम सी (क. विपिन) लाई पितृशोक परेकोमा मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । आइतबार मोर्चा केन्द्रीय अध्यक्ष रामलाल सी.द्वारा हस्ताक्षरित शोक वक्तव्यमार्फत श्रद्धाञ्जली अर्पण गरिएको हो ।

पाँचथरको याङ्वरक गाउँपालिका स्थित स्थानीय स्वास्थ्य चौकीमा क.विपिनका ७८ वर्षीय बुवा सनमान मग्रातीको उपचारको क्रममा शुक्रबार बेलुका निधन भएको हो । मगराती २ वर्षदेखि नशा र ब्लड प्रेसरको समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

मोर्चाले शोकाकुल परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । कमरेड विपिन २०५९ सालदेखि जनमुक्ति सेना हुँदै माओवादी आन्दोलनमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation