युवा संगठन नेपालद्वारा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

कैलाली । युवा संगठन नेपाल, पूर्वी कैलाली जिल्लाद्वारा श्री सहिद स्मृति माध्यमिक विद्यालय, कैलालीमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

वृक्षरोपण पश्चात् संगठनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल लगायत व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुलाई संयुक्त रूपमा वृक्ष हस्तान्तरण समेत गरेको छ ।

युवा संगठन नेपाल पूर्वी कैलाली, जिल्ला इन्चार्ज मानबहादुर सी नेतृत्वको टोलीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । नेकपा, पोलिट ब्युरो सदस्य विकल्प सीद्वारा वरपीपलको  बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिएको छ । विद्यालय परिसर लगायत सेरोफेरोमा संगठनले सरसफाइको काम समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 आवाज पोस्ट All right reserved Site By : Himal Creation