जंगल र मानिसको सम्बन्ध नङ र मासुजस्तै:- विकल्प सी.

कैलाली । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य विकल्प सी.ले जंगल र मानिसको सम्बन्ध नङ र मासुजस्तै भएको बताउनु भएको छ । युवा संगठन नेपाल, पूर्वी कैलाली जिल्लाद्वारा श्री सहिद स्मृति माध्यमिक विद्यालय, कैलालीमा गरिएको वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

मानव जीवनमा अति आवश्यक पर्ने, अक्सिजन दिने, मानिस मर्दा र जन्मदा चाहिने, तुलसी – वरपीपल एवम्  विभिन्न किसिमका औषधिको रुपमा प्रयोग हुने वृक्षहरु वृक्षारोपण  रोपण गरेकोमा युवा संगठन नेपाललाई उहाँले धन्यवाद समेत दिनुभयो । आगामी दिनमा पनि विभिन्न किसिमका जनमुखी कार्यहरु गर्नको लागि संगठनलाई उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुर्ण प्रसाद जैसीले युवा संगठन नेपालले वृक्षरोपण तथा सरसफाइ कार्यक्रमका लागि श्री सहिद स्मृति मा. वि.लाई रोजेको र विभिन्न समयमा आवश्यक  सल्लाह – सुझावहरु दिएर विद्यालयको शैक्षिक स्तर गुणस्तर बढाउन मदत गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा युवा संगठन नेपाल, पूर्वी कैलाली जिल्ला इन्चार्ज मानबहादुर सी.ले उक्त कार्यक्रम केन्द्रीय कार्यक्रम गरेको जानकारी दिनुभयो । वृक्षरोपण पश्चात् संगठनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल लगायत व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुलाई संयुक्त रूपमा वृक्ष हस्तान्तरण समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation