‘सी’ क्लबको विजयी सुरुवात

कैलाली । गौरीगंगा नगरपालिका वडा नम्बर १० ले आयोजना गरेको Seven Side पुरुष खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । सुरुवाती चरणको पहिलो खेल नेपाल कम्युनिस्ट पार्टी निकट ‘सी’ युवा क्लव vs मुसुरिया एकेडमीबीच चलेको थियो । खेलमा ‘सी’ युवा क्लबले मसुरिया एकेडमीलाई २/१ अंकले पराजित गरेर आफ्नो जित हाँसिल गरेको छ ।

‘सी’ युवा क्लबका खेलाडीहरू
सन्तोष सी, अशान्त सी, टकेन्द्र सी, दिलिप सी, भरत सी, अमीर सी, (किप्पर) करन सी । असिपुरन सी,  सजित सी रहेको टिममा सन्तोष सी.ले आफ्नो टीमको पक्षमा दुई गोल बनाएर सी. युवा क्लबलाई विजय गराएका छन् ।

खेलको आयोजना गौरीगंगा नगरपालिका वडा नम्बर १० ले गरेको थियो । गौरीगंगा नगरपालिका वडा नम्बर १० उदयासिरको घरेलु मैदानमा भएको थियो । खेलमा १८ टीमको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation