सुर्खेत, बाँके र कैलालीमा यूवा संगठन नेपालको रक्तदान कार्यक्रम सम्पन्न

बाँके । युवा संगठन नेपालले आफ्नो केन्द्रीय कार्यक्रम अनुसार पश्चिमका तीन जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनले मध्री-कर्णाली व्यूरोको सुर्खेत, दक्षिण कर्णाली व्यूरोको बाँके र सेति व्यूरोको कैलाली जिल्लामा सुक्रवार रक्तदान कार्यक्रम गरेको हो ।

संगठनले देशभर विरामीको चाप वढेको र रगत अभाव हुन थालेको खवरले त्यसप्रति गम्भीर हुदै आफ्नो संगठनका युवाहरुले रक्तदान गरेको जनाएको छ ।

सुर्खेतको प्रदेश अस्पतालमा भएको रक्तदान कार्यक्रममा १७,बाँकेको कोहलपुर मेडिकल कलेजमा भएको रक्तदान कार्यक्रममा २५ र कैलालीको घोडाघोडीमा भएको रक्तदान कार्यक्रममा १६ जना गरी जम्मा ५८ जनाले रक्तदान गरेका छन् । सवै ठाँउमा गरिएको रक्तानबाट ५८ प्रिन्ट रगत जम्मा भएको छ ।

सुर्खेतमा भएको रक्तदान कार्यक्रममा नेकपाका मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक,सी,युवा संगठन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष दिनेश सी,सुर्खेत जिल्ला सेक्रेटरी जित सी लगायतका युवाहरुले रक्तदान गरेका छन ।

यस्तै बाँके जिल्लामा भएको रक्तदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रणदिप सी,सेक्रेटरी कल्पना सी,युवा संगठन नेपालका केन्द्रीय सदस्य दिपक सी लगायतका युवाहरुले रक्तदान गरेका छन ।

कैलालीमा पनि संगठनका केन्द्रीय नेतादेखि जिल्ला तहका युवाहरुले रक्तदान गरेका छन् । “एकीकृत जनक्रान्ति जिन्दावाद,वैज्ञानिक समाजवाद जिन्दावाद,रक्तदान जीवनदान” भन्ने नारा सहित युवा संगठन नेपालले रक्तदान गरेको संगठनले जनाएको छ ।

दान गरिएको रगत गरिव निमुखा तथा रगत अभावले छट्पटिएका विरामीहरुलाई दिनेछ । संगठनले आफ्नो पाँचौ राष्ट्रिय सम्मेलन समेत नजिक आएकाले रक्तदान कार्यक्रम गरी रचनात्मक काम गरेको जनाएको छ । रक्तदान कार्यक्रम प्रति सर्वसाधारण तथा स्वास्थ्यकर्मीहरुले सकरात्मक रुपमा लिएका छन ।

तीन वटै जिल्लामा रेडक्रस नेपालको सहयोगमा रक्तदान गरिएको युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation