सेभेन साइड प्रतियोगिताको दोस्रो र तेस्रो चरणमा पनि ‘सी’ युवा क्लब विजयी

कैलाली । गौरीगंगा नगरपालिका वडा नम्बर १० कैलालीले आयोजना गरेको सेभेन साइड पुरुष खुल्ला फुटबल प्रतियोगिताको दोस्रो र तेस्रो चरणमा पनि ‘सी’ युवा क्वलले विजय हाँसिल गरेको छ । असोज ८ गते बिहान ९ देखि १०:५ बजेसम्म ‘थ्री स्टार’ युवा क्लब र अपराह्न ३ देखि  ४ बजेसम्म  ‘चौमाला’ युवा क्लबसंग खेलेर २/३ अंकले विजय भई ‘सी’ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेल गौरीगंगा नगरपालिका वडा नम्बर १० को उदयासीरको घरेलु मैदानमा भएको हो । ‘सी’ युवा क्वलका खेलाडीहरु सन्तोष सी, अशान्त सी, टपेन्द्र सी, तपेन्द्र सी, दिलिप सी, भरत सी, अमीर सी, करन सी, आसापुरन सी, सजित सी रहेको छन् । दिलिप सीले आफ्नो टीमको पक्षमा दुई गोल र टपेन्द्र सी ले १ गोल बनाई क्लबलाई  सेमिफाइनलमा पुर्‍याएका छन् ।

‘सी’ युवा क्लबलाई हौसला दिन र व्यवस्थापन गर्न नेकपा कैलाली जिल्ला कार्यालयबाट भरत सी, सेती ब्युरो उत्पादन सेक्रेटरी भरत सी, पश्चिम उत्तर कैलाली सेक्रेटरी आवान सी, गौरीगंगा नगरपालिका सेक्रेटरी, युवा संगठन नेपालका केन्द्रीय सदस्य सेती ब्युरो इन्चार्ज सुशील सी, सेती ब्युरो कार्यालय सचिव निरक सी लगायत नेकपाका नेताकार्यकर्ता फिल्डमै खटिएका छन् ।

६ गतेदेखि उद्घाटन भएको प्रतियोगितामा  अहिलेसम्म १८ वटा टिमले खेलिसकेको छ । खेलको फाइनल नतिजा भोलि ९ गते स्पष्ट हुने आयोजकले बताएको छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation