एमसीसी विरुद्ध बुटवलमा मार्चपास तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल। नेपाल कम्युनिष्ट पार्टीले एमसीसी परियोजना विरुद्ध बुटवलमा मार्चपास तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेको विरोधमा नेकपाले कार्यक्रम गरेको हो ।


नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा विरोध कार्यक्रम आयोजना गरिएको हो । जेसिस चोकबाट नयाँ बसपार्कसम्म मार्चपास गरिएको छ । बसपार्कमा केन्द्रीय सामना परिवारले एमसिसी विरुद्ध साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेको छ ।

लप्सीफेदीदेखि सुरु गरेको मार्चपास तथा सामना परिवारको साँस्कृतिक कार्यक्रम नुवाकोट, धादिङ, तनहु, पाल्पा हुँदै आज बुटवलमा पनि गरिएको छ ।

नेकपाले एमसीसी कार्यान्वयन हुने स्थान र क्षेत्रमा उक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा देशभक्त, बुद्धिजीवी, पत्रकार, विभिन्न राजनीतिक दल एवं जनसमुदायबाट  सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पोलिट ब्युरो सदस्य चिरन सी. लगायत नेताहरुले एमसिसी परियोजना विरुद्ध संघर्षमा उत्रनका निम्ति सबैलाई आव्हान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation