क्रान्तिका लागि इमानदार समुदाय मुस्लिम : विरेन्द्र सी

बुटवल । नेपाल कम्युनिस्ट पार्टी, पूर्वी रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र सीले क्रान्तिका लागि मुस्लिम समुदाय निकै इमानदार समुदाय भएको बताउनु भएको छ । राष्ट्रिय मुस्लिम मुक्ति मोर्चा नेपाल, रुपन्देहीको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

सबै उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि नेपाल कम्युनिस्ट पार्टी निरन्तर संघर्ष गर्दै आइरहेको कुरा उहाँले स्पष्ट पार्नुभयो । सबैको अधिकार सुनिश्चित गर्नका निम्ति संसदीय व्यवस्थाको अन्त्य र समाजवाद स्थापना अनिवार्य भएकोले क्रान्तिलाई साथ दिन सबैलाई आग्रह समेत उहाँले गर्नुभयो ।

राष्ट्रिय मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अजमहामत सी.ले आफ्नो अधिकार पाउनका लागि इमानदार एवम् श्रमजीवी जनता संगठित भएर संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य निशान सी.ले क्रान्तिका निम्ति सबै श्रमजीवी समुदाय एक भएर लड्नुपर्नेमा जोड दिनुभएको छ ।

मोर्चाले जुठे मियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । उपाध्यक्ष फिरोज खान, सचिव नसिम मिया, कोषाध्यक्ष सफर मिया, सदस्यहरु इन्सु मिया,रसिद्दिन मिया, अनिस मिया, अन्जिल मिया, कासिम मिया, अनिस साह लगायत समितिमा रहेका छन् ।

बुटवलको अमरपथमा आयोजित भेला जुठे मियाँको अध्यक्षता र नसिम मियाको सञ्चालनमा भेला सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation