मोर्चाको पाँचौ बैठकमा रिपोर्ट राख्ने काम सम्पन्न

कास्की । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा केन्द्रीय समितिहरुद्वारा रिपोर्ट राख्ने काम सम्पन्न भएको छ । पोखरामा आजबाट सुरु बैठकमा उक्त काम सम्पन्न भएको हो ।

देसभरका ब्युरो इन्चार्ज, संयोजक, विभाग प्रमुख र केन्द्रीय सदस्यहरुले आ-आफ्नो जिम्मेवारीको रिपोर्ट र सुझाव राखेका छन् । जातीय विभेद र अपमानका घटना विरुद्ध मोर्चा र नेपाल कम्युनिस्ट पार्टीले थप सशक्त योजना बनाएर अभियान सञ्चालन गर्नुपर्ने सुझाव साझा रुपमा आएको छ ।

मोर्चाका अध्यक्ष रामलाल सी.को अध्यक्षतामा सुरु भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सी. को प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो । मोर्चाका महासचिव त्रिलोचन सी.ले बैठकलाई सञ्चालन गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा पश्चिम गण्डकी ब्युरो इन्चार्ज राजन सी. र नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उभार सी. समेतको उपस्थिति रहेको बैठकमा महत्त्वपूर्ण निर्णय गरिने अपेक्षा गरिएको छ । बैठक २० गते सम्पन्न हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation