‘सी’ संस्कृतिको विकास गर्न जरुरी : सुशील सी.

कास्की नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सी.ले धार्मिक साम्प्रदायिकवादी आतंक र वैदेशिक सांस्कृतिक हस्तक्षेप रोक्नका लागि ‘सी’ संस्कृतिको विकास गर्नुपर्ने बताउनु भएको छ । पोखरामा जारी श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ” ‘सी’ संस्कृति भनेको आदिवासीहरुको संस्कृतिलाई बचाउने र विकास गर्ने संस्कृति पनि हो ।” ‘सी’ संस्कृतिको विकास नगरीकन उत्पीडित जाति र समुदायको मुक्ति गर्न सम्भव नहुने कुरा उहाँले सबैलाई स्पष्ट पार्नुभयो ।

अमेरिकी साम्राज्यवाद विभिन्न माध्यमबाट कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न र साधन श्रोत लुट्न आइरहेकोले सचेत हुनुपर्नेमा जोड दिनु भएको छ । प्रतिक्रियावादीहरुले साम्प्रदायिक अस्थिरता मच्याएर श्रमजीवी जनताको आन्दोलन र वर्ग संघर्षलाई विषयान्तर गर्न खोजिरहेकोले सबै कम्युनिस्टहरु, प्रगतिशील शक्ति र  देशभक्तहरु मिलेर सशक्त संघर्ष गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation