महत्त्वपूर्ण निर्णयसहित मोर्चाको बैठक सम्पन्न

कास्की । नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक महत्त्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । कास्कीको पोखरामा शुक्रबार देखि सुरु भएको बैठक आज सम्पन्न भएको हो ।

एकता प्रक्रियामा आएकालाई जिम्मेवारी ठोस, दशै लगत्तै संगठनात्मक अभियान सञ्चालन गर्ने,  ‘सी’ संस्कृतिको विकासमा जोड दिने, समाजवादी अभियानलाई अगाडि बढाउने, उत्पादन कार्यलाई थप बढाउँदै लैजाने, सूचना – प्रविधिलाई उपयोग र व्यवस्थित गर्दै लैजाने, आधुनिक विभेद र अन्याय विरुद्ध सशक्त संघर्ष गर्ने लगायत विभिन्न  निर्णय बैठकले गरेको छ ।

मोर्चाले केन्द्रीय विभागको जिम्मेवारी समेत हेरफेर गरेको छ । ‘सी’ संस्कृति अध्ययन समिति प्रमुख रामलाल सी, सहिद गाथा प्रकाशन समिति प्रमुख उमेश सी, सूचना-सञ्चार तथा अर्थ विभागको प्रमुख निशान सी, उत्पादन विभाग प्रमुख विक्रम सी, सामाजिक न्याय विभाग प्रमुख सागर सी. लाई बैठकले जिम्मेवारी दिएको छ ।

बैठकका निर्णयहरु गम्भीरतापूर्वक पूरा गर्नका लागि मोर्चाका अध्यक्ष तथा बैठकका सभाध्यक्ष रामलाल सी.ले सबै सदस्यहरुलाई निर्देशन दिनुभयो । बैठकका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य  सुशिल सी.ले  धार्मिक साम्प्रदायिकवादी आतंक र वैदेशिक सांस्कृतिक हस्तक्षेप रोक्न र जातीय मुक्तिका लागि ‘सी’ संस्कृतिको विकास गर्नुपर्ने बताउनु भएको छ ।

बैठकका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा पश्चिम गण्डकी ब्युरो इन्चार्ज राजन सी.ले नेकपा कुनै स्वार्थमा नरहेर परिवर्तनकारी बाटोमा अगाडि बढेको हुनाले सबैले आशा र भरोसा गरिरहेको बताउनु भएको छ ।

बैठकमा, नेकपा केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उभार सी., पर्वत जिल्ला इन्चार्ज किरण सी. प्रतिनिधि सदस्य बुलेट सी. लगायत नेताहरूको उपस्थिति रहेको थियोे । मोर्चाका महासचिव त्रिलोचन सी. ले सञ्चालन, सचिव उमेश सी.ले बैठकलाई  सहजीकरणका गर्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation