मोर्चा सूचना-प्रकाशन विभागको बैठक सम्पन्न

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय ‘सूचना-सञ्चार तथा प्रकाशन विभाग’को बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बुद्धनगर कार्यालयमा सम्पन्न बैठकले मोर्चाको सूचना, सञ्चार र प्रकाशन सम्बन्धि काम थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।

मोर्चाको नियमित प्रकाशन ‘आवाज सम्प्रेषण मासिक’ पत्रिकालाई नियमित प्रकाशन गर्ने, वर्गीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, अनलाइन संस्करण ‘आवाज पोष्ट डट कम’लाई थप व्यवस्थित गर्ने र युट्युव सञ्चालनका लागि आवश्यक काम गर्ने, मोर्चा सदस्यहरुलाई सामाजिक सञ्जालमा क्रियाशील बनाउने लगायत निर्णय बैठकले गरेको छ ।

विभागका सदस्यहरुको कार्यविभाजन समेत गरिएको छ । जसअनुसार १ नम्बर प्रदेश र मधेस विशाल ॠषिदेव, बागमती र गण्डकी बिर्ख सी, लेख – रचना र लुम्बिनी निशान सी, कर्णाली रमेश सी र सुदुरपश्चिम प्रदेश पृथ्वी लोहार एवम् विज्ञापन दिनेश सी र कुलचन्द्र बिकलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

प्रमुख अतिथि मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.ले जातीय र वर्गीय उत्पीडनका विरुद्ध आवाज उठाउनका निम्ति सूचना – प्रकाशन विभागले सशक्त भूमिका खेल्नुपर्ने बताउनु भएको छ । बैठकमा मोर्चा सचिवालय सदस्य पदम सी. को विशेष उपस्तिथि रहेको थियो । विभाग प्रमुख निशान सी.को अध्यक्षतामा बैठक सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation