नेकपा रुपन्देहीको उत्पादन कार्य निरन्तर

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले धान रोप्ने काम सम्पन्न गरेको छ । सामुहिक श्रम गरी जिल्लाको सैनामैना पर्रोहामा १ बिघा १० कठ्ठा खेतमा जिल्लाका नेता तथा कार्यकर्ताले धान रोपेका छन् । पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत रुपन्देहीमा नेकपाले धान रोपेको हो । जिल्ला इन्चार्ज कृतिको नेतृत्वमा भएको सामुहिक श्रममा जिल्ला सेक्रेटरी विश्वास जिल्लाका नेता,जबसमोर्चा सम्बद्ध नेता कार्यकर्ता पार्टी सदस्यहरुको सहभागिता रहेको थियो ।
नेकपा रुपन्देहीले बेमौसमी खेती अन्तर्गत यसअघि ३ कठ्ठा खेतमा आलु उत्पादन गरेको थियो भने अहिले १ बिघा खेतमा तरकारीहरु कुरिलो, भिन्डि, फर्सि, लौका, मकै, खुर्सानी, अम्बा, काक्रा आदि उत्पादन भएको भन्दै जिल्लामा उत्पादनलाई थप विस्तार र व्यवस्थित गरेर लैजाने नेकपा जिल्ला सेक्रेटरी विश्वासले बताए । नेकपाले पूर्णकालीन नेता कार्यकर्तालाई देशैभर राजनीति वैचारिक कामका साथसाथै सामुहिक श्रममार्फत अनिवार्य नीति रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation