केपी, प्रचण्ड, देउवा, विप्लव, रवि एकै ठाउँ

काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रमुख दलका नेताहरू समेत सहभागी भएका छन् ।

         चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

        एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका शीर्ष नेताहरु त्यस कार्यक्रममा एउटै राउण्ड टेबलमा देखिए ।

           त्यसैगरी स्वागतका क्रममा खिचिइएको केपी ओली र रामकुमारी झाँक्रीको एकसाथ मुस्कुराएको फोटोलाई सामाजिक सञ्जालमा धेरैले रुचाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation