मोर्चाका अध्यक्ष र कार्यालय सचिव गिरफ्तार

काठमाडौं । न्यायाधीश कमलप्रसाद ज्ञवालीको पुत्लादहन कार्यक्रमस्थल जमलबाट श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी. र कार्यालय सचिव कन्चन सी.लाई आज प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई दरबारमार्गस्थित प्रहरी वित्तमा राखिएको बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी. लगायत ४ नेताहरुलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि विरोधस्वरुप १९ गतेदेखि नेकपाले विभिन्न संघर्षका कार्यक्रम अगाडि बढाइरहेको छ । सोही अनुसार आज नेकपाद्वारा देशभर पुत्लादहन कार्यक्रम गरिएको छ । बिहीबार देशभर विरोध प्रदर्शन गर्ने नेकपाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation