रुकुम हत्या काण्ड फैसलाको मोर्चाले गर्‍यो स्वागत 

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालले रुकुम हत्या काण्डको बारेमा अदालतले गरेको फैसलाको स्वागत गरेको छ । मोर्चाले आज एक वक्तव्यमार्फत उक्त फैसलाको स्वागत गरेको हो ।

मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.द्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “उक्त फैसलाको हाम्रो मोर्चा हार्दिक स्वागत गर्दछ । साथै यस मुद्दालाई यो रुपमा फैसलाको तहमा पुगाउन आ-आफ्नो तह र तप्काबाट अहम् भूमिका निर्वाह गर्ने सम्बन्धित सबै पक्ष विशेषगरि आन्दोलनकर्मी संघ-संगठन, सञ्चारकर्मी, वकिल र अन्तिममा ऐतिहासिक फैसला गर्ने न्यायाधीश सबैमा हाम्रो मोर्चा हार्दिक आभार सहित हृदय देखि धन्यवाद व्यक्त गर्दछ ।”

मोर्चाले सामाजिक न्याय र समतामूलक समाज निर्माणको यात्रा जारी छ र जारी राख्नुपर्छ त्यसका लागि परिवर्तनकारी सबै पक्ष सहकार्यका साथ संघर्षका निम्ति आग्रह समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation