आश्रमबाट निकालियो श्रमिक समुदायलाई

विराटनगर । विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले श्रमिक समुदाय (दलित) भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । उर्लाबारी ३ की ६२ वर्षीया शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर अन्तिम समयमा श्रमिक समुदाय भन्दै बाहिर निकालेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएकी सुन्दासले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाउनु भएको छ । २०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्र ममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले निवेदनमा उल्लेख गर्नु भएको छ ।

२१ शताब्दीको शताब्दीको आधुनिक युग एवम् लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा मान्छेले मान्छेलाई यसरी हेला होचो गर्नु संविधान र कानुन विपरीत कुरा हो भन्दै घटनाको चौतर्फी आलोचना भइरहेको छ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले अहिलेको युगमा पनि यसकिसिमको घटना हुनु निकै खेदजनक हो र यस्ता घटना विरुद्ध सबैले संघर्ष गर्नुपर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation