केन्द्रीय सदस्य बिर्खका बुवाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य तथा कार्यालय सचिव बिर्ख सी.को बुवाप्रति मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक वक्तव्य मार्फत श्रद्धाञ्जली अर्पण गरेको हो ।

मोर्चाका अध्यक्ष रामलाल सी.द्वारा हस्ताक्षरित उक्त वक्तव्यमार्फत परिवारजनमा समवेदना समेत  व्यक्त गरिएको छ ।

        वि.स. २०१२ सालमा जन्मिनु भएका बुवा मनजित नेपालीको सोमबार साँझ मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ११ रातापानीस्थित घरमै निधन भएको हो । पाँच छोराहरुका पिता मनजित लामो समयदेखि दम रोगबाट पीडित हुनुहुन्थ्यो ।

         माइला छोरा बिर्ख सी. विभिन्न समाजसेवी कार्यमा सक्रिय रहँदै आउनु भएको छ । अन्य छोराहरू रोजगारीको शिलशिलामा प्रभास भारतमा रहनु भएको छ । सामान्य आर्थिक स्थिति भएको मनजितले अथाह संघर्ष गरेर पनि सन्तानलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation