क्रान्तिमा सूचना-प्रविधिको प्रयोग अपरिहार्य

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी.ले क्रान्तिमा सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको कुरा बताउनु भएको छ । जनपत्रकार संगठन नेपाल, बागमती प्रदेश समितिद्वारा काठमाडौंमा आयोजना गरिएको मोबाइल पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै उहाँले सो कुरा बताउनु भएको हो ।

     नेपाल कम्युनिस्ट पार्टीले अगाडि बढाइरहेको एकीकृत जनक्रान्तिमा सूचना-प्रविधिलाई महत्त्वपूर्ण रुपम प्रयोग गर्दै अगाडि बढिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो । अन्य कम्युनिस्ट पार्टीहरुले सूचना-प्रविधिका कारण क्रान्ति असम्भव छ भन्ने गरेकोमा नेकपाले सूचना-प्रविधिको प्रयोग गरेर मात्रै क्रान्ति सम्पन्न गर्न सकिने कुरालाई जोड दिएको उहाँले जिकिर गर्नुभएको छ ।

     यसैगरी कार्यक्रमका अतिथि जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विश्वकर्माले प्रचार आन्दोलनको उद्देश्यलाई सहि रुपमा पूरा गर्न देशव्यापी जनपक्षीय पत्रकारहरुको संख्या वृद्धि गर्नु पहिलो आवश्यकता हो त्यसका लागि जनपत्रकार संगठनले देशभर आधारभूत पत्रकारिता र मोबाइल पत्रकारिता तालीम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

        जनपत्रकार संगठन नेपाल, बागमती प्रदेश संयोजक शोभराज बरालको अध्यक्षता र सचिवालय सदस्य साहस सीको सञ्चालनमा उद्घाटन कार्यकम सम्पन्न भएको छ । उक्त तालिम ३ दिनसम्म  चल्ने आयोजकले बताएको छ । मोबाइलबाटै समाचार र भिडियो सम्प्रेषण गर्न सिकाउने उक्त तालिममा विभिन्न क्षेत्रबाट ३० जनाको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation