बागी स्त्रीको आत्मकथा सार्वजनिक

काठमाडौं । प्रगतिशील लेखक तथा साहित्यकार सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ आज काठमाडौंमा सार्वजनिक भएको छ । प्रकाशक INDIGO INK ले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजना गरेको एक कार्यक्रम मार्फत सो संग्रह सार्वजनिक गरिएको हो ।

     वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव तथा लेखक आहुति, प्रगतिशील लेखकहरु कुमारी लामा र अभय श्रेष्ठले कविताबारे टिप्पणी गर्नुभएको छ । विद्रोह र प्रतिरोधी चेतका साथ कविता संग्रह तयार गरेकोमा सबैले कविको सह्राना गरेका छन् ।

अपराजिता पारिजातका सम्पादक तथा कान्तिपुर, अन्नपूर्ण जस्ता अखबारका नियमित लेखक सुमिनालाई प्रगतिशील साहित्यकारको रुपमा चिनिन्छ । थुप्रै  फुटकर लेख, रचनाहरु प्रकाशन हुँदै आएपनि कविता संग्रह भने उहाँको पहिलो संग्रह हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation