वडाअध्यक्षलाई जातीय गालीगलौज

कालिकोट । कालिकोट पचालझरना गाउँपालिका वडा नम्बर २ का अध्यक्ष करबिरे बि.क.लाई जातीय अपमानजनक गालीगलौज गरेको अडियो बाहिरिएको छ ।  स्वास्थ्य चौकी सार्ने बिषयलाई लिएर भएको विवादमा वडाअध्यक्षलाई उक्त गालीगलौज गरिएको हो ।

बदालकोट स्वास्थ्य चौकी सार्ने विषयमा स्वास्थ्य चौकीका कार्यालय सहयोगी गोकुल बोगटीद्वारा गालिगलौज गरिएको हो । बोगटीले सामाजिक सञ्जालमा समेत जातीय विभेद हुने शब्द लेखेका छन् । वडा नं १ र २ को बिचमा रहेको स्वास्थ्य चौकी केही बर्ष पहिले भवन डिभिजन जुम्लाले भवन निर्माण गर्दाखेरि पनि पायक नर्पने ठाउँ भनेर विवाद हुन पुगेको थियो ।

समुदायका कोहीले जहाँ भवन छ त्यहीँबाट सेवा दिनु पर्छ भन्ने र वडा नं १ र २ को बहुमत उपभोक्ताले भवन अपायक पर्ने ठाउँमा निर्माण गरेर स्वास्थ्य सेवा समुदायको पँहुच भन्दा टाढा सार्न खोजिएको भन्दै विवाद सृजना गरेका थिए । यो बिषयको विवाद सामाधान गरिएको भनिए पनि विवाद झन् चुलिदैँ गएको देखिन्छ ।

उक्त विवादमा वडा न १ र २ का अध्यक्षले विज्ञप्ति जारी गरेर स्वास्थ्य चौकी हाललाई साबिककै ठाउँबाट दिनुपर्ने बताए । विपक्षमा रहेका बोगटीलाई वडा नं २ का अध्यक्ष करबिरे बिकले सामाजिक सन्जालमा रिप लेखेर कमेन्ट गरेको भन्दै बोगटीले वडा नं २ का अध्यक्ष  बि .क.लाई तथानाम फेसबुकमा लेखे । बोगटीले फोन गरेर जातीय भेदभाव हुने गाली दिएको कुरा अध्यक्ष बि.क.ले बताए ।

 

शुक्रबार नै दलित अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराई जातीय भेदभाव कसुर ऐन सजाय २०६८ अनुसार बोगटीविरुद्ध मुद्दा दर्ता गराएका छन् । मुद्दा  दर्ता गरेपछि  बोगटीलाई प्रकाउ गर्न प्रहरी युनिटलाई निर्देशन गरिसकेको प्रहरी निरक्षक प्रकाश के.सी.ले बताए । बोगटीले वडा अध्यक्षलाई फोनमा समेत गालीगलौज गरेको अडियो बाहिरिएपछि यो विषय मिडियामा आएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation