श्रमिक मोर्चाद्वारा निर्मित आवास भुकम्प पीडितलाई हस्तान्तरण  

जाजरकोट । श्रमिक समुदाय मोर्चा नेपालद्वारा निर्मित अस्थायी आवास जाजरकोट भूकम्प पीडितलाई हस्तान्तरण गरिएको छ । शनिबार हस्तान्तरण कार्यक्रममार्फत मार्फत उक्त आवास हस्तान्तरण गरिएको हो ।

      मोर्चा अस्थायी आवास निर्माण टिमले  भेरी – ३ गैरीखालीकी एकल महिला सुरिता शाक्य, भेरी – ३ उपल्लो थाप्लेको भूमिलाल शाही, भेरी – ४ काजीबाडाका रामचन्द्र परियार र सुत्केरी सुनामाया परियारको अस्थायी आवाज निर्माण गरेको छ । त्यसैगरी भेरी – ४ काजीबाडाका  रण बहादुर कार्कीको घर उद्धार गरिएको छ ।

      मंगलबारबाट निर्माण कार्य शुरु भएको सो अभियान टिममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोर्चा केन्द्रीय अध्यक्ष रामलाल सी, मोर्चा केन्द्रीय सचिवालय सदस्य एवं सेती-महाकाली इन्चार्ज क. मधुसूदन सी, मोर्चा केन्द्रीय सदस्य क. लोकेन्द्र सी, दक्षिण कर्णाली ब्यूरो अन्तर्गत जाजरकोट जिल्लाबाट मोर्चा प्रतिनिधिहरु क. अनिल सी र राजाराम सी.को सहभागिता रहेको छ ।

      त्यसैगरी नेकपा, जाजरकोटबाट जिल्ला इन्चार्ज विराजन सी, सचिव धनजित सी, भेरी नगर सेक्रेटरी खडक सी, जिल्ला प्रतिनिधिहरु नरेश सी, प्रखर सी, विरेन्द्र सी, डाेल्पा जिल्ला पार्टी सचिव गौचन सी र नेकपा केन्द्रीय सदस्य योद्धा सी.को विशेष सहभागिता रहेको छ ।

      नेकपा केन्द्रीय सदस्य तथा मोर्चा केन्द्रीय अध्यक्ष एवं अभियान टिम प्रमुख रामलाल सी.को प्रमुख आतिथ्य रहेको आवास हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघ जाजरकोटका जिल्ला अध्यक्ष रण बहादुर कार्की, गैरसरकारी संस्था महासंघ केन्द्रीय सचिव सहदेव बस्नेत, नेकपा, जाजरकोट जिल्ला इन्चार्ज विराजन सी, सेक्रेटरी धनजित सी र डोल्पा सेक्रेटरी गौचन सी.को विशेष उपस्थिति रहेकोे थियो ।

अभियान सदस्य मधुसूदन सी.को संयोजनमा भएको सो कार्यक्रममा उपस्थित अतिथिहरुले नेपाल कम्युनिस्ट पार्टी र यसका भातृ संगठनहरुले भुकम्प पीडितहरुका लागि गरेको उद्धार, राहत र पुनर्निर्माण कार्यको प्रसंशा गर्दै अभियान टिमलाई धन्यवाद दिएका छन् । भुकम्प पीडित परिवारहरुले समेत अभियान टिमलाई धन्यवाद दिएका छन् ।

      कार्यक्रममा अभियान टिम प्रमुख मोर्चा केन्द्रीय अध्यक्ष रामलाल सी.ले पार्टीले भुकम्प गएदेखि निरन्तर  भुकम्प पीडितहरुको लागि सहयोग अभियान चलाइरहेको र यो तेस्रो चरणको अभियान चलिरहेको साथै आगामी दिनमा पनि अभियान जारी रहने बताउनु भयो । पहिलो चरणको अभियानको क्रममा औषधी उपचार, दोश्राे चरणको अभियानको क्रममा राहत वितरण तथा उद्धार र तेस्रो चरणको अभियान पुनर्निर्माण कार्य पार्टी र संगठनले अगाडि बढाइरहेको उहाँले बताउनु भयो ।

      नेकपाले हालसम्म जाजरकोट जिल्लामा भुकम्पबाट क्षतिग्रस्त कुल १५७ घरको उद्धार, ५६३ जनाको स्वास्थ्य परिक्षण तथा उपचार, १०५ अस्थायी आवास निर्माण एवं ठूलो संख्यामा नगद, जिन्सी एवं खाद्यान्न सहयोग गरेको रेकर्ड छ । मोर्चाको तर्फबाट नेकपा केन्द्रीय प्रतिनिधि सदस्य एवं मोर्चा केन्द्रीय कार्यालय सदस्य टिकाराम सी.को नेतृत्वमा एउटा टिम रुकुम पश्चिममा भुकम्प पीडितहरुको लागि सहयोगमा खटेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation