दाङमा भएको बस दुर्घटनामा कम्तिमा पाँचजनाको मृत्यु, २० घाइते

काठमाडौं । दाङमा आज राति भएको यात्रुवाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कम्तिमा २० जना घाइते भएका छन् ।
राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट बस नदी किनारमा खसेर उत्तानो परेको प्रहरीले जनाएको छ ।

बसबाट पाँचजनालाई मृत अवस्थामा निकालिएको इप्रका भालुबाङका इन्स्पेक्टर उज्जवल सिंहले जानकारी दिए । त्यसवाहेक २० जना घाइते पनि निकालिएको छ ।

सिंहका अनुसार बसलाई सुल्टो बनाउन क्रेन मगाइएको छ । अझैै केही यात्रु बसभित्र हुने अनुमान गरिएको उनले बताए ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दुर्घटना भएको थियो ।
घाइतेमध्ये केहीलाई बुटवलतर्फ ल्याइँदैछ । केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation