श्रमिक समुदायको योगदान क्रान्तिमा अतुलनीय

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले श्रमिक समुदायको योगदान क्रान्तिमा अतुलनीय रहेको बताएका छन् । हामी क्रान्तिको उत्कर्षमा भएको हुँदा निरन्तर संघर्षको अपरिहार्यता रहेको कुरामा उनले स्पष्ट गरे । काठमाण्डौमा सम्पन्न श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालयको बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै सबै समुदाय र वर्गको मुक्तिका निम्ति एकीकृत जनक्रान्ती मार्फत दलाल पुँजीवादी संसदीय व्यवस्था खारेज गरि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए ।

मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । एमसिसी – एसपिपी लगायत राष्ट्रघात, महंगी, जातीय विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, संगठन सुदृढ तथा बिस्तार अभियान सञ्चालन गर्ने लगायत निर्णय बैठकले गरेको छ । त्यसैगरी असोज १ गते हुने नेकपाको केन्द्रीय महाधिवेशनका निम्ति समेत पार्टीको अभियानमा मोर्चाले सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation