अखिल (समाजवादी )को केन्द्रिय समितिमा मुगुका – बाल्केस सी निर्वाचित 


अखिल  नेपाल विद्यार्थी युनियन (समाजवादी ) को केन्द्रिय सदस्यमा मुगु बाट बाल्केस सी निर्वाचित  भएका छन ।

हालै सम्पन्न अखिल (क्रान्तिकारी ) परिवर्तित नाम अखिल (समाजवादी ) को २३औं राष्ट्रिय सम्मेलनले बाल्केस लाई केन्द्रिय सदस्यमा निर्वाचित गरेको हो । उक्त सम्मेलन गत फागुन ६ गते हजारौं विद्यार्थीको उपस्थितिमा काठमाडौको वाल्मीकि क्याम्पसको प्राङ्गणमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उद्घाटन गर्नुभएको थियो । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका बाल्केस मुगु बाट पहिलो पटक विद्यार्थीको केन्द्रिय राजनीतिमा प्रवेश गर्ने अवसर पाएका हुन ।

 

मुगु बाट २०७२ सालमा अध्यनको लागि काठमाडौ छिरेका उनी निकै संघर्ष र मेहनतले CTEVT को डिप्लोमा तह बिशेष  छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । अध्यनकै सिलसिलामा विद्यार्थी राजनीतिको यात्रा तयगरेका बाल्केस अहिले केन्द्रिय सदस्य सम्मको सफलता प्राप्त गरेका छन ।


फागुन ६ गते देखि ९ गते सम्म चलेको २३औं राष्ट्रिय सम्मेलनले आफ्नो नाम पनि परिवर्तन गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) को सट्टा अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी )पारित गरेको छ । नयाँ नेतृत्वमा अध्यक्ष मा नरेन्द्र सी,उपाध्यक्ष -ललित सी, महासचिव प्रकाश सी लगायत १८१ जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation