मोर्चाको ललितपुर जिल्ला सम्मेलन आयोजक समिति गठन

मोर्चाको ललितपुर जिल्ला सम्मेलन आयोजक समिति गठन
काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, ललितपुर जिल्ला सम्मेलन आयोजक समिति गठन भएको छ ।  सुर्य सी.को नेतृत्त्वमा ११ सदस्यीय  समिति गठन भएको हो ।

Exif_JPEG_420

     नेप्सिस इन्टरनेशनल कलेज, ललितपुरमा आयोजना गरिएको मोर्चाको ललितपुर जिल्ला भेलाद्वारा सो समिति गठन गरिएको हो । भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.को प्रमुख आतिथ्यता रहेको थियोे ।

त्यसैगरि भेलामा नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी, मोर्चा उपत्यका ब्युरो इन्चार्ज सुरज सी, संयोजक सर्जक सी लगायतको आतिथ्यता रहेको थियोे । भेलाको सञ्चालन मोर्चाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज नन्द सी.ले गर्नुभएको थियो ।

      आयोजक समितिको छिट्टै बैठक बसेर जिल्ला सम्मेलनको समय निर्धारण गर्ने निर्णय भेलाले गरेको छ । जिल्लामा रहेको जातीय विभेद विरुद्ध निरन्तर संघर्ष गर्ने पनि भेलाले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation