मंगल सी.लाई मातृशोक, मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । श्रामिक समुदाय मोर्चा नेपाल उपत्यका ब्युरो सदस्य तथा काठमाण्डौं ३ नं. जिल्ला संयोजक मंगल सी.लाई मातृशोक परेको छ । उहाँका आमा मिश्री रोक्काको ८३ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

मोर्चा उपत्यका ब्युरोद्वारा आज एक शोक वक्तव्यमार्फत मृतक आमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । ब्युरो इन्चार्ज सुरज सी.द्वारा हस्ताक्षरित वक्तव्यमा शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरिएको छ ।

वि.स. १९९७ असार २४ गते जन्मिनु भएका रोकाको सुगर लगायत स्वास्थ्य समस्याका कारण चन्द्रागिरी नगरपालिका, १ दहचोकस्थित आफ्नै घरमा निधन भएको हो । उहाँका छोरा मंगल सी. नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनपछि विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation