श्रमिक समुदाय मोर्चा केन्द्रीय सदस्य गंगा सी.लाई मातृशोक, मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

पोखरा । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य गंगा सी.लाई मातृशोक परेकोमा मोर्चा केन्द्रीय समितिले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले एक वक्तव्यमार्फत श्रद्धाञ्जली अर्पण गरेको हो ।

अध्यक्ष रामलाल सी.द्वारा हस्ताक्षरित वक्तव्यमा शोकाकुल परिवारजनप्रति समवेदनासमेत प्रकट गरिएको छ । लामो समयदेखि निमोनियाबाट पीडित ७२ वर्षीया आमाको गण्डकी पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलमा उपचारको क्रममा निधन भएको मोर्चाका सचिव उमेश सी.ले बताउनुभयो ।

पोखरा महानगरपालिका-२७, रिठेपानी, लामाटहरा निवासी आमाका जेष्ठ सुपुत्र गंगा सी. करिब २ दशकदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation