जनकलाकार हिमशिखर सी सम्मानित

काठमाडौं । जनसाँस्कृतिक महासङ्घद्वारा जनयुद्धका संगीतकार हिमशिखर सी.लाई  सम्मान गरिएको छ । महासङ्घको सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा लम्कीचुहा नगरपालिका निवासी कालिकोट पचालना २ का सी लगायत ११ जना कलाकार र साहित्यकारहरुलाई सम्मान गरिएकाे हाे  ।

धनगढीमा भएको सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रदेश इन्चार्ज गिरिराज मणि पोख्रलद्वारा उहाँहरुलाई दाेसल्ला ओढाएर सम्मान गरिएको बताएको छ । जनकलाकार हिमशिखर सी.ले जनयुद्धकालमा गीत – संगीतको माध्यमबाट सेती, महाकाली, भेरी र कर्णालीका बस्तीलाई जागरुक बनाउन योगदान गर्नुभएको थियो । उहाँले बस्तीलाई जनयुद्धमय बनाउदै संगठन सुदृढ तथा विस्तार अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

जनयुद्धकाे क्रममा उहाँले दर्जनौं गीत लेखेर संगीतबद्व गरी आफ्नै स्वरमा गाउदै जनताकाे मन जित्न सफल हुनुभएको थियो । सुमधुर स्वरका धनी हिमशिखर सी.ले लेखेकाे ‘रगतका मसिले रक्त सलाम’ भन्ने गीतलाई त्यति बेलाका सुप्रिम कमान्डर जनयुद्धका नायक अध्यक्ष  प्रचण्डले समेत  धन्यवाद दिएका थिए । सम्मानित सी हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य  तथा बर्दिया जिल्लाको ईन्चार्ज रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation