श्रमिक समुदाय मोर्चाको बैठक सम्पन्न

कपिलवस्तु । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समितिको छैठौं पूर्ण बैठक विभिन्न निर्णयका साथ आज कपिलवस्तुमा सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठक २ दिन पश्चात आज सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.को प्रमुख आतिथ्यतामा भएको बैठकले जातीय विभेदका विरुद्ध सशक्त योजना निर्माण गरेको बताइएको छ । पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएकोले  नेपाली विशेषताको समाजवादी व्यवस्था र सी संस्कृति स्थापनाका निम्ति अग्रसर हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

बैठकले जिम्मेवारी समेत हेरफेर गरेको छ । अध्यक्ष रामलाल सी.का अनुसार प्रदेश १ को इन्चार्ज मोर्चा महासचिव त्रिलोचन सी, मधेसमा सचिवालय सदस्य धर्म सी, बागमतीमा कार्यालय सदस्य पदम सी, गण्डकीमा मोर्चा कोषाध्यक्ष जानकी सी, लुम्बिनीमा सचिवालय सदस्य सुरज सी, कर्णालीमा कार्यालय सदस्य टिकाराम सी र सुदुरपश्चिममा सचिवालय सदस्य मधुसूदन सीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

उत्पादन, सूचना तथा प्रकाशन र संगठन सम्बन्धि कामलाई थप व्यवस्थित गर्दै लैजाने, सी जाती र संस्कृतिबारे थप अध्ययन – अनुसन्धान गर्ने लगायत बैठकले निर्णय गरेको कुरा मोर्चाका सचिव उमेश सी.ले बताउनुभयो । बैठक उद्घाटनका क्रममा महासचिव विप्लवद्वारा मोर्चाको नियमित प्रकाशन ‘आवाज सम्प्रेषण मासिक’ पत्रिकाको औपचारिक विमोचन समेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation