(मुक्तक)
पोइला जाँदै विछोड हुँदै बेलामौका घरबार हुने
मन पनि त्यो कस्तो होला प्रचण्ड जी ?
वेश्या आँखा, लोभी आत्मा, स्वार्थी मनको दरबार हुने माया पनि कस्तो होला प्रचण्ड जी ?
थुक्दै, चाट्दै दिन गइसक्या बाँकी अब कोही रहेनन् राजनीतिका बेहुलाहरु,
पहिला तिम्रो रहर थियो, अब एउटै बाध्यतामा सबै मिली समाजवादको सरकार भया कस्तो होला प्रचण्ड जी ?