पचाल झरना गाउँपालिकामा समाजवादी मोर्चा निर्माण

काठमाडौं। समाजवादी मोर्चा नेपालको पाचाल झरना गाउँपालिकामा कमिटी निर्माण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), र नेकपा (एस) सहित तीन दल सम्मिलित बैठकले सात सदस्यीय कमिटी निर्माण गरेको हो ।

शुक्रबार बसेको मोर्चाको बैठकले गौरी सञ्ज्यालको नेतृत्वमा सात सदस्यीय कमिटी निर्माण गरिएको छ । मोर्चाले जेठ २५ गते समाजवादी मोर्चा घोषणा सभा गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गाउँपालिका ईन्चार्ज रणदिप सी, नेकपा (माओवादी केन्द्र ) प्रदेश सदस्य तथा पचालझरना ईन्चार्ज तारा न्यौपाने , नेकपा (एस) का प्रदेश सदस्य चन्द बहादुर शाहीको सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation